अस्पताल स्थापना दश वर्ष पछि शल्यक्रिया सेवा सुरु

मुगु न्युज डट कम,
असार २६,
     पन्ध्र शैयाको जिल्ला अस्पताल मुगुमा स्थापनाको दश वर्ष पछि शल्यक्रिया सेवा सुरु भएको छ ।
        २०६१ सालबाट स्वास्थ्य सेवा सञ्चालन गरेको जिल्ला अस्पताल मुगुमा मंगलवार तिन वर्षिय बालकको आन्द्राको सफल शल्य क्रिया गरिए पछि अव देखि आपतकालिन शल्यक्रिया गर्न सकिने जिल्ला अस्पताल मुगुले जनाएको छ ।
        पुलु गाविस वडानम्बर ५ का टुल्डोक लामाका तिन वर्षीया छोरा छिरिङ लामाको आन्द्राको सफल शल्यक्रिया गरिएको छ । जिल्ला अस्पताल मुगुमा स्वयमसेवीका रुपमा काम गर्दै आएका फिलोपेनी चिकित्सक डाक्टर वेवी नेतृत्वको स्वास्थ्यकर्मिको टोलीले पहिलो पटक शल्यक्रिया गर्न सफल भएको हो । विद्युत आपुर्तिमा सहजता, रक्त सञ्चार केन्द्रमा रगतको पर्याप्तता हुन सके हामी आपतकालिन प्रसुति सेवा समेत सञ्चालन गर्न सकछौ– डाक्टर वेविले भनिन ।
       यद्यपी मंगलवार शल्यक्रिया गर्दा रगतदान गर्ने मान्छे नभेटिएकाले मुश्किलले बच्चाका वावु टुल्डोकबाट रगत दान गरिएको डा वेवीले बताईन । केहि समय पहिले नेपाल रेडक्रस सोसाईटी मुगु शाखाले रक्त सञ्चार केन्द्रको स्थापना गरी रगत दान गर्नेको नामावली संकलन गरिएको भए पनि आवश्यक पर्दा व्यक्तिलाई कसरी सहभागी गराउने भन्ने समस्या देखिएको छ ।
        जिल्ला अस्पतालमा शल्य क्रिया सेवा सञ्चालनका लागि महंगो उपकरण आए पनि रक्त सञ्चार केन्द्रको पुर्णता , अक्शिजन, दक्ष जनशक्ति नहुँदा शल्यक्रिया गरेको घाउ संक्रमण हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालय मुगुका बरिष्ठ जन स्वास्थ्य अधिकृत वृष बहादुर शाहीले बताए । जिल्ला अस्पतालमा एक जना मेडिकल सुपरिटेण्डेन्ट र एक जना एम विविएस डाक्टरको दरबन्दी भए पनि अहिलेसम्म कोही पनि जिल्लामा आउन नमान्दा एक जना अस्थायी र एक जना करार गरि दुई जना डाक्टर कार्यरत रहेका छन । जिल्ला अस्पताल र जिल्ला स्वास्थमा कार्यरत स्थानीय स्वास्थ्यकर्मीले कार्यालयमा नगएर आफ्ना निजी मेडिकलमा समय विताउने गरेका छन जसले गर्दा जिल्ला अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवा सहज प्रदान गर्न नसकिएको कार्यालय प्रमुख शाहीको भनाई छ ।                                        स्वास्थ्यकर्र्र्मीहरु विभिन्न पेशागत संगठनमा आवद्ध रहेकाले स्वास्थ्य सेवा नियमावलीले उनीहरुलाई काममा लगाउन र कारर्वाहीको दायरामा ल्याउन रोक लगाएको शाहीले जानकारी दिए ।

0 comments

बिचार लेख्नुहोस्..