खाद्य संस्थानको खाद्यन्नमा वार्षिक घोटाला
मुगु न्युज डट कम,
असार २६,
नेपाल खाद्य संस्थानले जिल् लाका भेक क्षेत्रमा वितरण गर्दै आएको खाद्यन्नमा ठुलो घोटाला हुने गरेको पाईएको छ । संस्थानको सदरमुकाम शाखाबाट जिल्लाका भेक क्ष्ोत्रमा रहेका वितरण केन्द्रमा ठेकेदार मार्फत पठाईएको खाद्यन्नमा वार्षिक घोटाला हुँदै आएको छ ।
हिजो आज संस्थानले हिन्दुहरुको चाड साउने संक्रान्तिलाई लक्ष्यीत गर्दै जिल्लाका सोरु भेकका सात गाविसको लागि खाद्यन्न पठाए पनि उक्त खाद्यन्न गाउँ नपुगेर जिल्ला सदरमुकाम गमगढीमा नै विक्रि गरिएको पाईएको छ । सोरुकोट विक्रि केन्द्रबाट खाद्यन्न वितरण गर्न ढुवानी ठेकेदार सुर बहादुर बुढाले धैनकोट गाविसका लक्ष्मी मल्ललाई प्रतिनीधि बनाएको र सोरु तर्फ खाद्यन्न पठाउने भनि संस्थानको खातामा रकम जम्मा गरि चामल लिएको देखिए पनि गाउमा खाद्यन्न पुगेको छैन ।
यसरी गाउमा खाद्यन्न यो पटक मात्र नभई प्रत्येक वर्ष सोरुकोटको खाद्यन्न गमगढीमा नै बेचिएको भन्दै यसलाई तत्काल रोकि आवश्यक कार्वाही थाल्न स्थानीयवासीले आग्रह गरेका छन । नार्थपु गाविसका स्थानीयवासी पदम बहादुर मल्लले भने – प्रत्येक वर्ष यसरी जनताको नाममा खाद्यन्नमा घोटाला हुने गरेको छ । यता जनताको नाममा खाद्यन्न जाने तर गमगढीमा नै वसेका राजनीतिक दलका कार्यकर्ता मोटाउने चलनको अन्त्य गरिनु पर्छ ।
गाविसको सिफारीस , शाखाको बैंक खातामा रकम जम्मा गरेको भौचर आए पछि खाद्यन्न दिईने र जनतालाई खाद्यन्न वितरण गर्दा सम्बन्धित प्रहरी चौकि ईन्चार्ज,स्थानीय राजनीतिक दलहरुको मुचुल्का आए पछि मात्र ठेकेदारलाई ढुवानी दिने गरेको नेपाल खाद्य संस्थान शाखा कार्यालय मुगुका शाखा प्रमुख भोजराज पाण्डेले बताए ।
सदरमुकाम बाहिर रहेका सोरुकोट, श्रीकोट र पुलु वितरण केन्द्रका लागि यस वर्ष १६ सय खाद्यन्न ढुवानी गर्नु पर्ने खाद्यन्न मध्य आधा जसो गईसकेको छ । धैनकोट गाविसको ९४ दशमलव ८० क्वीन्टल गईसकेको भए पनि ठेकेदारका प्रतिनीधि लक्ष्मी मल्लले गमगढीमा नै बेचेको पाईएको छ भने गमगढीमा नै मिलेमतो गरि फर्जि मुचुल्का गरि प्रति केजी १३ रुपैयाँको दरले ढुवानी भाडा बुझ्ने गरेको पाईएको छ ।
यसमा स्थानीय राजनीतिक दलको समेत मिलेमतो रहेको पाईएको छ । यसरी नै साउने संक्रान्ति पर्वका लागि सदरमुकाम आसपासका जनताका लागि प्रति घर धुरी १५ केजिका दरले वितरण सुरु गरिएको छ भने सोरु भेकका लागि मन परि गाविसको सिफारिस ल्याएर संस्थानको बैंक खातामा रकम जम्मा गर्ने काम भईरहेको छ । तर खाद्यन्न गाउमा नपुगेर बजारमा नै विक्रि वितरण हुने देखिएको छ ।
अहिलेसम्म फोतु गाविसको एक लाख एकाउन्न हजार तिन सय,धैनकोटको चार लाख ३२ हजारतिन सय नब्बे,नार्थपु असि हजार तिन सय उनानसय, भिई पाँच लाख बाईस हजार,कालै २ लाख नौ सय सत्तरी र जिमा अठार हजारतिन सय पचहत्तर जम्मा भएको देखिएको छ ।
सोरु भेकका स्थानीयवासीले विगत तिन वर्ष देखि खाद्य संस्थानको चामल नपाएको गुनासो गरिरहेका छन । अहिले हिउदेवालीको उत्पादन कमै भएको र चाड पर्वको वेलामा पनि ठेकेदारले जनतालाई वितरण गर्नु पर्ने खाद्यन्न सदरमुकाममा नै बेच्न थाले पछि सर्व साधारण खाद्यन्न अभावको चपेटामा पर्ने देखिएका छन ।

0 comments
बिचार लेख्नुहोस्..