कर्णालीमा जल माफियाको विगविगी

मुगु न्युज डट कम
असार ३१
कर्णालीमा विद्युत उत्पादन गर्ने भन्दै जल स्रोतमा कब्जा जमाउदै आएका विभिन्न भारतिय उर्जा कम्पनिहरुले पछिल्लो समयमा आएर नेपालका केहि ऊर्जा कम्पनि र सरकारसंग मिलेर यहाँको खनिज पदार्थ उत्खनन तथा अनुसन्धानका लागि अनुमति लिन थालेका छन ।जिल्लाको तिब्बतसंग जोडिएको करान क्षेत्रको डोल्फु गाविसमा रहेको तामा खानीमा तामा खोज तलासका लागि काठमाण्डौको एक ऊर्जा कम्पनिलाई खानी तथा भु गर्भ विभागले चार वर्षका लागि अनुमति प्रदान गरेको छ । जुन ऊर्जा कम्पनिले डोल्फु गाविसबाट सुरुड्ड खन्नेर किम्र्री गाविसको तिहार बगर भन्ने ठाउँमा ३ सय ३ मेगा वाट विद्युत निकाल्न भारतिय ऊर्जा कम्पनि ल्याड्ढो ईन्प्mक्टेड प्रालीसंग संयुक्त काम गरिरहेको छ ।
         खानी तथा भु गर्भ विभागले मिति २०६९ भदौं ७ गते जिल्ला विकास समिति मुगुलाई लेखेको चलानी नम्बर २०७ र पत्र संख्या १२९ अनुसार काठमाण्डौ महानगर पालिका वडा नम्बर ३२ मा ठेगाना रहेको ईनर्जी कोर्प प्राली नामक कम्पनिलाई २०६९ साउन १४ गते देखि २०७३ साउन १३ गतेसम्मका लागि डोल्फुमा रहेको तामा खानीमा तामाको खोज तलासका लागि अनुमति दिएको जानकारी पत्र पठाएको छ । खानी तथा खनिज पदार्थ ऐन २०४२ र नियमावली २०५६ अनुसार प्रत्यक आर्थिक वर्षमा नविकरण गर्ने गरि अनुमति दिईएको पनि पत्रमा उल्लेख छ । सरकारले अनुमति दिएको एक वर्ष पुग्न लाग्दा समेत यसलाईरोक्न कोही कसैले पहल गरेको पाईदैन ।
 डोल्पा जिल्लामा रहेको से फोक्सुण्डो राष्टिय निकुञ्जले डोल्फु गाविसलाई समेट्नु, पहिले तामा खानीबाट ल्याईएको तामाबाट बनेका भाँडा कुडा मुगुका स्थानीयवासीसंग मात्र नभएर कर्णाली अञ्चलका जिल्लाहरुमा डोल्फाले तामा भनेर चर्चा अहिलेसम्म छ ।
          डोल्फुमा नाम्लाड्ड जल विद्युत आयोजनाको नाम दिईएको विद्युत आयोजनाको निर्माण कार्य सुरु गरिएको छ भने ढुंगा र माटो परिक्षण गर्ने भन्दै भारतीय ऊर्जा कम्पनिले सानो हेलिकप्टरबाट बाकसहरुमा राखेर लैजाने गरेको छ भने त्यसरी ढुंगा र माटोले भरिएका बाकस लैजाँदा त्यस नजिक कोहि नेपाली र स्थानीयवासीलाई जान नदिएको डोल्फु गाविसका स्थानीयवासीहरुको भनाई छ । यद्यपी विद्युत आयोजनाको निर्माण कार्यका लागि कम्पनिले तराई र भारत नेपाल सिमा क्षेत्रका मजदुरहरु ल्याएको छ । ऊर्जा कम्पनिका मान्छेहरु हतपत कसैसंग खुलेर बोल्न पनि मानि रहेका छैनन ।
 मुगु कर्णालीमा विद्युत निकाल्नका लागि भारतीय ऊर्जा कम्पनिलाई अनुमति दिएको आफुलाई कुनै जानकारी नभएको तर तामा खानीमा खनिज पदार्थ खोज तलासका लागि अनुमति दिएको भु गर्भ विभागको जानकारी आएको जिल्ला प्रशासन कार्यालय मुगुले त्यति वेला जनाएको थियो।
 देश संघियताको दिशामा अघि बढिरहेको अवस्थामा सरकारले गोप्य रुपमा खनिज पदार्थको अनुसन्धान, विद्युत उत्पादनका लागि विदेशी कम्पनिलाई अनुमति प्रदान गर्नु दुखद कुरा रहेकाले त्यसलाई रोक्न सवै एक जुट हुनु पर्ने जिल्लाका राजनीतिक दलहरुको भनाईछ ।
 जिल्लाको सम्पुर्ण प्राकृतिक स्रोत साधन माथी जिल्ला बासीको स्वामित्व हुनु पर्ने, कसैले जिल्लाको स्रोत साधन प्रयोग गर्न चाहन्छ भने सवै भन्दा पहिले स्थानीयवासीहरु संग कुनै छलफल र जानकारी नगराई सरकारले विदेशी कम्पनिलाई अनुमति दिन नहुने मुगाली नागरिककोबुझाई छ ।
      १० वर्ष अगाडी मुगु कर्णालीबाट १ सय ५४ मेगावाट विद्युत उत्पादन  गर्ने भन्दै भारतीय ऊर्जा कम्पनि भिलभाडा ईनर्जीले अनुमति लिएको थियो । पछिल्लो समयमा भारतीय ऊर्जा कम्पनि ल्याड्ढो ईन्प्mक्टेड प्रालीले नाम्लागं जल विद्युत आयोजनामा काम गरिरहेको छ भने अन्य दुई भारतीय ऊर्जा कम्पनिले जिल्लाको कालै गाविस र धैनकोट गाविसमा विद्युत उत्पादन गर्ने भन्दै प्रारम्भिक काम थालेका छन ।
 यसरी एक पछि अर्को गर्दै भारतिय ऊर्जा कम्पनिले जिल्लाको जलस्रोतमा कब्जा जमाईरहेका भए पनि न त यो कुराको विस्तृत जानकारी जिल्ला स्थित राजनीतिक दलहरुलाई छ न त स्थानीय प्रशासनजिविस, गाविस र स्थानीयवासीलाई नै थाहा छ ।

0 comments

बिचार लेख्नुहोस्..