निकुञ्जमा संकलित राजश्व भागबण्डा

मुगुन्युज डट कम- असार ३०, रारा राष्टिय निकुञ्ज कार्यालय मुगुले संकलन गरेको राजश्व भाग बण्डा गरेको पाईएको छ । रारा घुम्न आउने पर्यटक, छाडा गाईवस्तु, अवैध काठ बरामद लगायतका विभिन्न शिर्षक बाट संकलन भएको आर्थिक वर्ष ०६९।०७० को तिन लाख बाह्र हजार रकम भाग बण्डा गरिएको पाईएको छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति ले संकलित राजश्वबाट समितिका ईकाईहरुले आफ्नो बन क्षेत्रको संरक्षणका लागि खर्च गर्ने निर्णय गरि भागबण्डा गरेको थियो । राजश्व रकम मुगुको ७ वटा ईकाईहरुले पाए पनि जुम्ला जिल्लाका तिनवटा ईकाईले रकम पाउन सकेका छैनन् ।मध्यवर्ति क्षेत्रमा पर्ने दशवटा उपभोक्ता समिति, निकुञ्ज कार्यालयको संयुक्त बैठकले २०७० जेष्ठ २६ गते राजश्वबाट संकलन भएको रकम दशवटा उपभोक्ता समितिले आ आफ्नो बन क्षेत्रमा वृक्षारो पण गर्ने तथा सवैले रकम लगानी गर्ने निर्णय भएको थियो । उक्त निर्णय बमोजिम सवै समितिलाई असार पाँच गते लेखिएको चलानी नम्बर ५४३ नम्बरको कार्यादेश पत्रमा असार २० गते भित्र वृक्षारोपण गरि विल , लागत अनुमान, डोर हाजिरी कार्यालयमा पेश गरि भुक्तानी लिन भनिएको छ । तर जुम्ला जिल्लाका बुम्रमाडिचौर, बोता मालिका र कनका सुन्दरी का मध्यवर्ति क्षेत्र वन उपभोक्ता समितिले काम समपन्न गरि रकम भुक्तानी लिन निकुञ्ज कार्यालयमा पुगे पनि रकम सकिएको र कुनै कागज नमिलेको भन्दै फिर्ता पठाएको वुम्र माडिचौर उपभोक्ता समितिका अध्यक्ष देविलाल भण्डारीले बताए । मुगु जिल्लाका मध्यवर्ति क्षेत्र भित्र पर्ने उपभोकता समितिले वृक्षा रोपण नगरे पनि रकम भुक्तानी लिएको पाईएको छ । समितिका केहि पदाधिकारीहरु गमगढीमा किर्ते भरपाई गराउदै रकम लिएका छन । काम गरे नगरेको कसैलाई समेत जानकारी छैन । अर्को तर्फ बन विनास हुँदै गएको छ भने उपभोक्ता समितिका उपभोक्ता भन्दा बाहिरका व्यक्तिलाई अबैध रुपमा समितिकै पदाधिकारीहरुको मिलेमतोमा रातारात काठ निकासी गरेको देखिन्छ ।

0 comments

बिचार लेख्नुहोस्..