अवैध शिकार गर्ने एक जना निकुञ्जको गस्तीद्धारा पक्राउ

नृपेन्द्रबहादुर मल्ल-मुगु असार २८, रारा राष्टिय निकुञ्ज अन्र्तगत मध्यवर्ति क्षेत्र भित्र चोरी शिकारी गरेको भन्दै विहिवार निकुञ्ज कार्यालय र नेपाली सेनाको संयुक्त गस्ति टोलीले हतियार सहित एक जनालाई पक्राउ गरेको छ । गस्तिमा खटिएको टोलीले जुम्ला जिल्ला कनका सुन्दरी गाविस वडा नम्बर १ बुडुकोट निवासी ५३ वर्षिया जय बहादुर बुढालाई भरुवा बन्दुक एक थान, थारको छाला एक, घोरलको सिङ एक, जिउदो च्याँखुरा एक र बारुद छर्रा सहित विहिवार पक्राउ गरिएको रारा राष्टिय निकुञ्ज कार्यालय मुगुले जनाएको छ । पक्राउ परेका बुढालाई अवैध हातहतियार तथा खर खजना ऐन र मध्यवर्ति क्षेत्र व्यवस्थापन नियमावली २०५२ अनुसार सजाय हुने रारा राष्टिय निकुञ्ज कार्यालय रारा मुगुका कार्यालय प्रमुख भोगेन्द्र रायमाझिले जानकारी दिए । नियमावलिको दफा १७ को (ङ) अनुसार निकुञ्ज क्षेत्र तथा मध्यवर्ति क्षेत्र भित्र अनधिकृत रुपमा चोरी शिकार गरि बन्य जन्तु नासमास गरेको कसुरमा सजाय हुने व्यवस्था छ । चोरी शिकारीका कारण हाल निकुञ्जमा कालिज, डाँफे , बदेंल , रेड पाण्डा, बाघ, भालु लगायतका वन्य जन्तु कमै मात्र देख्न पाईन्छ ।

0 comments

बिचार लेख्नुहोस्..