करानका स्थानीयवासी चौंरी पालन व्यवसाय तर्फ आकर्षित
विनोद कुमार मल्ल-मुगु,असार २८ करान भेकका स्थानीयवासीहरु परम्परागत भन्दा आधुनिक र व्यवसायिक चौरी पालन व्यवसाय तर्फ आकर्षित हुन थालेका छन । करान भेकका स्थानीयवासीका प्रत्येक घरधुरीमा चौरीहरु पाल्ने चलन छ । दहि दुध भन्दा पनि माल समान ओसार पसार गर्न उनिहरुले चौरी, झोवा र याक पाल्दै आएका छन । पछिल्लो समयमा घोडा , चौरी भारी बोक्ने प्रयोजनका लागि पाल्ने गरे पनि दहि दुधका लागि आधुनिक तरिकाले चौरी पाल्न थालेका छन ।
दुई वर्ष अघि असल छिमेकि नेपाल मुगु सामुदायिक विकास परियोजना ले रोवाको शोभा,माँग्रीका पाँपु, चिमाथ, माँग्री, पुलुको पुअ, सेरोग, खारीमा उन्नत जातका याक वितरण गरेको थियो । उन्नत जातको याक र स्थानीय झोवाबाट जन्मिएका झोवा र झुमाले दुध बढि दिने गर्दछन । स्थानीय गाई भन्दा यस्ता झोवा झुमाले चार गुणा बढि दुध दिने भएकाले याक वितरण गरिएको असल छिमेकि नेपाल मुगुका परियोजना संयोजक अष्ट कुमार श्रेष्ठले बताए । अहिलेसम्म याक वितरण गरिएका गाउँ वस्तीहरुमा १६ वटा उन्नत जातका झुमा जन्मिएका छन ।
0 comments
बिचार लेख्नुहोस्..