दुई दिन भित्र प्रतिवेदन पेश गर्ने गरि शनिवार देखि सडक अनुगमन सुरु

मुगु न्युज डट कम- असार २९, लगातार भईरहेको वर्षाका कारण गमगढी नाग्म सडक खण्ड ठाउँ ठाउँमा सडक भत्किदा गाडी चल्न नसक्ने भए पछि दुई दिन भित्र प्रतिवेदन पेश गर्ने गरि अनुगमन सुरु गरिएको छ । शनिवार विहान बसेको सर्वदलिय, सर्व पक्षिय बैठकले शनिवार बाटै गमगढी जिअसम्मको सडकको अवस्थाका बारे अनुगमन गर्ने निर्णय गरेको थियो । तर सडकको अनुगमन नभई कति भत्किएको छ कहाँ कति खर्च हुनसक्छ भनेर प्राविधिक र राजनितिक दलका प्रतिनिधि सडक हेर्न गएको जिल्ला विकास समिति मुगुका निमित्त स्थानीय विकास अधिकारी विर बहादुर रावलले बताए । उनले भने– गमगढी देखि झ्यारीसम्मको सडक मात्र हेर्नका लागि दलका प्रतिनिधि र प्राविधिक गएका छन ,त्यो बाटोका अबस्थाका विषयमा टोली फर्के पछि फेरी छलफल हुन्छ । लामो वर्षातका कारण सडक ठाउँ ठाउँमा भत्किए पछि व्यापारिक सामान ल्याएर आएका गाडीहरु घुच्चि लेक यता विच बाटोमा नै रोकिएका छन । बाटो हेर्न गएको प्राविधिक सहितको टोलीले दुई दिन भित्र बाटोको अवस्थाका बारे प्रतिवेदन दिए पछि पुन छलफल गरि मर्मतका लागि रकमको व्यवस्था गरिने बताईएको छ । घुच्ची लेक यता गमगढीसम्म धेरै स्थानमा सडक भत्किएको छ भने ठाउँ ठाउँमा रुख ढलेर सडक अबरुद्ध भएको छ । सडकको अवस्था हेर्न जाने टोली घुच्चि नपुगेर झ्यारीबाटै फिर्ता हुनुको कुनै औचित्य रहँदैन । सवै भन्दा बढि सडक भत्किएको स्थान भनेको पिना गाउँ देखि घुच्चि सडक खण्ड रहेको छ ।

0 comments

बिचार लेख्नुहोस्..