विएड दोस्रो वर्षको परिक्षा सुरु

मुगु न्युज डट कम- असार २८, त्रिभुवन विश्व विद्यालय शिक्षा संकाय बि.एड दोस्रो वर्षको परिक्षा शुक्रवारबाट सुरु भएको छ । गमगढी स्थित रारा शिक्षा क्याम्पस र रातापानी स्थित मष्टा चतुदेव क्याम्पसमा सुरु भएको पहिलो दिनको पाठ्क्रम विषयको परिक्षा मर्यादित भएको क्याम्पसहरुले जनाएका छन । रारा शिक्षा क्याम्पसमा ८० जना परिक्षार्थी मध्य ६७ जना परिक्षार्थी सहभागि भएका र १३ जना अनुपस्थित रहेको क्याम्पस प्रमुख डम्बर बहादुर रावलले जानकारी दिए । रातापानी क्याम्पसमा १ सय २३ जना परिक्षार्थी मध्य १ सय २ जना परिक्षार्थी सहभागि भएका छन । खत्याड सम्वाददाता पुक्ष्पा शाहीका अनुसार ७६ जना छात्रा र २६ जना छात्र परिक्षार्थी परिक्षामा सहभागि भएका छन ।

0 comments

बिचार लेख्नुहोस्..