७ गाविसमा नुन संकट

असार २९, मुगु–सोरुभेग अन्त्र्रगतका सात वटा गाविसका सर्बसाधारण स्थानियबासी बर्षेनी अलिनु खाना खान बाध्य भएका छन् । फोतु, नार्थपु, जिमा, भीई, कालै लगायत सात वटा गाविसमा बर्षेनी २ सय क्वीन्टल छुटयाएको र उक्त नुन पनि सहज रुपमा आपुर्ती नहु“दा बर्षेनी आयोडिन युक्त नुनको संकट ब्यर्होनु परेको छ । सोरुभेगका सात गाविसको निम्ति धनगढी बाट ढुवानी हुने २ सय क्वीन्टल नुन प्रति परिवार लाई बर्षेनी २ किलो पनि नपुग्ने अबस्था आएपपछि स्थानीयवासीले अलिनु खाना खाएर दिन कटाउ“नु परेको छ । दुई पोका नुनले बर्ष भरि कसरी पु¥याउ“ने जिमा सोरुकोट गाउ“का धनराम लुहार भन्छन् नुनकै लागि भोट मधेश धाउ“नु परेको छ । कहिले सम्म अलिनु खाना खानु ,उनले भने नुन खान पाईदैन भने अरु के आशा गर्ने । सोरुका सात गाविसमा बर्षेनी दुई सय क्वीन्टल नुन नपुग्ने अबस्था आएपछि यो चालु आर्थिक बर्ष बाट चार सय क्वीन्टल नुन आपूर्ती हुने साल्ट टेडिङ्ग कर्पोरेशन मुगुका डिपो प्रमुख उपेन्द्र ठाकुरले बताए । सरकारले अनुदानको रुपमा बितरण गर्ने आयोडिनुक्त नुन बाहैमहिना धान्न मुश्किल हुने कारणले असोज कार्तिकमा तिब्बत नाका बाट हुम्ली ब्यापारीले ल्याउ“ने ढिके नुन साटेर अलिनु मेटाउ“ने गरेका छन ।

0 comments

बिचार लेख्नुहोस्..