गरीवी निवारण कोषको तिस करोड बेकामे


मुगु न्युज डट कम
मुगु, श्रावण १३
गरीवी निवारण कोषले ८ वर्ष देखि  मुगुमा  लगानी  गरेको झण्डै तिस  करोड  रुपैयाँ  बेकामे भई लगानी खेर गएको देखिएको छ ।
 २०६० सालमा तत्कालिन सरकारले अध्यादेश मार्फत कोषको अवधारणा ल्याए पछि आर्थिक  वर्ष २०६१ । ०६२ बाट  मुगुमा  आय आर्जन  र  पुर्वाधार विकासका क्षेत्रमा लगानी गर्दै आएको थियो । एसियाली विकास बैंक (एडिबी )को आर्थिक सहयोगमा  कोषले जिल्लामा  पाँच वटा  स्थानीय साझेदार  संस्थासंग  मिलेर  वर्षेनी  करोड औ रकम लगानी गरेको देखिए पनि उपलब्धी देखिएको छैन ।
कोषका  स्थानीय साझेदार  संस्थाहरुले सञ्चालित कार्यक्रमहरुको समिक्षा तथा सार्वजनिक  सुनुवाई गरे पछि यस्तो देखिएको हो । सवै भन्दा बढी  पुर्वाधार तर्फ लघु विद्युत, सिचाई, आधुनिक घट्ट का लागि ठुलो रकम लगानी गरिएको देखिए पनि कतै आयोजना नै निर्माण गरिएका छैनन भने निर्माण गरिएका आयोजना  एक दुई महिनामा नै विग्रेर  काम नलाग्ने भई सकेका छन । त्यस्तै आय आर्जनका कार्यक्रमहरु सदरमुकाममा  आंशिक सफल देखिए पनि ग्रामीण क्षेत्रमा असफल भएको पाईएको छ ।
 आठ वर्षको अवधीमा छायाँ क्षेत्र सामुदायिक विकास केन्द्र, किर्डाक  मुगु, जन कल्याण, मुर्माटप र सप्रोस  मुगु स्थानीय साझेदार मार्फत   औषतमा  अहिलेसम्म ६।६ करोड खर्च भएको देखिन्छ ।
सार्वजनिक  सुनुवाईमा  कसैले पनि  विकास  खर्चसंग    प्रशासनिक खर्च देखाएनन । सप्रोस नेपालले आठ वर्ष सम्म आय आर्जन र  पुर्वाधार तर्फ  गरेर  ५ करोड , ५९ लाख ९६ हजार ६ सय २८ रुपैयाँ लगानी गरिएको जनाएको थियो । त्यस्तै छायाँ क्षेत्रले आर्थिक वर्ष २०६९।०७० मा तिन करोड ४१ लाख १४ हजार ६ सय ८० लगानी भएको देखाएको छ  भने अन्य तिन वटा संस्थाले कुनै आए व्यय प्रष्ट देखाउन सकेनन ।
मुर्माटपले एक , जन कल्याणले एक , किर्डाकलेएक, सप्रोसले९   र  छाया क्षेत्रले५ गरेर  १७ वटा लघुजल  विद्युतका आयोजना निर्माण गरेको जनाए पनि कुनै योजना सफल भएका छैनन । कतिपय  विद्युत आयोजना  निर्माण गरिएको एक महिनामा काम नलाग्ने गरि विग्रिएका छन भने कति पयको नाम निसाना समेत छैनन ।  आय आर्जनका लागि बाख्रा , चौरी र  भैंसि वितरण गरिएको भनिए पनि तस्वीर र कागजमा उपलबधी पाएको देखाईएको छ ।

0 comments

बिचार लेख्नुहोस्..