जिल्ला अस्पतालमा आउने झाडा पखालाका बिरामिले औषधि पाएनन

मुगु १३, साउन,
 जिल्ला अस्पताल मुगुले एक महिना देखी डाक्टरको अभाब खेपिरहेको बेला अहिले भने दैनिक १ सय ५० जना भन्दा बढी  झाडा पखाला, आँउ, मासी लगायतका बिरामीले जिल्ला अस्पताल बाट पाउने ४० प्रकारका औषधी मध्य झाडा पखालाको मेट्रोन  नामक औषधी समेत पाउन सकेका छैनन ।
केही दिन यता जिल्लामा मौसमि र पानीका कारण झाडा पखाला ,आँउ मासी, निमोनियाँ, खोकि, टाईफाईड  देखी अन्य रोगका बिरामीको दैनिक चाप १ सय ५० देखी  माथीको संख्यामा जिल्ला अस्पतालमा आउने गरेकोजिल्ला अस्पताल मुगुले जनाएको छ ।   जिल्ला अस्पतालमा स्थायी दरबन्दि भएका डाक्टर दुई बर्ष यता देखी नआए पछी करार नियुक्तिमा रहेका दुई जना डाक्टर समेत  लोक सेवा आयोगको परिक्षा दिन हिडे पछी जिल्ला अस्पताल डाक्टर बिहीन रहेकै बेला  पानी जन्य रोगका विरामी दैनिक औषधि उपचारका लागी अस्पतालमा पुगे पनी एक टयाब्लेट  मेट्रोन नामक औषधि जिल्ला अस्पतालमा नहुँदा सर्व साधारण नागरिक आधारभुत स्वास्थय सेवा पाउनबाट बञ्चित भएका छन ।
ओ पि डि सेवाका ईन्र्चाज जंङ्ग लाल बुढाले दिएको जानकारी अनुसार अहिले दैनिक १ सय ५० भन्दा माथीका आउने र अधिकाँश  बिरामी झाडा पखाला र आँउ माँसीका आउने र त्यस्ता विरामी  हरु मध्य प्राय बालबालिका नै बढी आउने गरेको तथा उनिहरु लाई चेक जाँच गर्ने बाहेक अरु केही गर्न नसकिने भएपछी निजि क्लिनिकमा औषधि किन्ने पुर्जा दिएर पठाउनु परेको छ  । तर   अन्य समस्या लिएर आउने हरुका लागी जिल्ला अस्पतालमा भएको नेपाल सरकारले उपलब्ध गराउने निशुल्क औषधि पाउने गरेको बुढाको दावी छ ।
     बदलिदो  मौसम र खाने पानीका कारण सदरमुकाम गमगढीमा भन्दा ग्रामिण भेगमा बढी आँउमासी ,झाडा पखाला लगायत अन्य रोग देखा पर्ने भएकाले स्टोरमा भएको प्राय औषधी स्वास्थ्य केन्द्रमा पठाएको र अस्पतालम भएको औषधि पनी दिनहु आउने आँउ मासीका बिरामि लाई बितरण गरेकाले पनी अहिले स्टोरमा यो औषधि नभएकालेअब  केहि दिनमै २० हजार चक्कि मेट्रोन पुग्ने स्टोर प्रमुख धान्ने बुढा बताउछन ।
जिल्ला असपतालले भेक क्षेत्रका स्वास्थ्य संस्थामा औषधी पर्याप्त पठाएको दावी गरे पनि ति स्वास्थ्य केन्द्रमा औषधी त के स्वास्थ्य कर्मि समेत नआएको स्थानीय वासीको भनाई छ ।  आप्नो क्षेत्रका स्वास्थ्य संस्थामा कुनै पनि औषधी र स्वास्थ्य कर्मि नआएको रारा गाविसका स्थानीय वासी विर बहादुर बमले बताए ।
 

0 comments

बिचार लेख्नुहोस्..