२० हजार अवैध चिनियाँ मदिरा नियन्त्रण

रमेश  ऐडी
 हुम्ला साउन १३

 हुम्लाको उत्तरी तिव्वतको सिमाना ताक्लाकोट वजारवाट हुम्ला भित्रिन लागेको चिनियाँ मदिरा सिमाना प्रहरी चौकीका  प्रहरीले नियन्त्रणमा लिएका छन् ।
 सिमाना हिल्साको पुलमा स्थानीय व्यापारीले हुम्ला भित्रयाउन लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको स्थानिय व्यापारी खान्डु लामाले जनाएका छन् । हिल्साका स्थानीय व्यापारी कार्मातन्डु लामाको हुम्ला ल्याउन लागेको चिनियाँ मदिरा रहेको प्रहरीले जनाएको छ । विना करमा हुम्लामा विगत वर्षहरुमा ल्याइने सो मदिरा गत वर्षदेखि जिल्लाको सर्वपक्षिय वैठकले आयातमा रोक लगाएपछि सो मदिरामा वन्देज लगाइएको थियो । चिनियाँ मदिराले हुम्लीहरुको व्यवसायमा राम्रै वजार लिएको थियो । प्रति  वोतल   नेपाली ४० रुपैया  खरिद मुल्य  पर्ने सो मदिराको हुम्लामा ३ सय मुल्यमा विक्रि हुने गरेको थियो।

0 comments

बिचार लेख्नुहोस्..