अज्ञात रोगका कारण एक दर्जन गाई वस्तु मरे
मुगु न्युज डट कम- असार २९, सोरु भेकको फोतु गाविस वडा नम्बर २ मा अज्ञात रोगका कारण एक दर्जन गाई वस्तु मरेका छन । गाविसको भाट गाउँमा स्थानीयवासीका गाई वस्तुहरुमा खुट्टाबाट सुनिदै जाने र यसरी सुनिएको दुई तिन दिन भित्र मर्ने गरेका छन । गाविस नजिक पशु रोग सम्बन्धि प्राविधिक नभएकाले रोगको पहिचान हुन सकेको छैन भने उपचार नपाउदा दर्जन बढी पशु वस्तु मर्दा पशुपालक कृषकहरु चिन्तित हुन थालेका छन । जिल्ला पशु सेवा कार्यालय मातहतको पशु उप सेवा केन्द्र नजिक नरहेको र स्वास्थ्य कर्मि समेत नजाँदा वर्षेनी अज्ञात रोगका कारण पशु वस्तु मर्ने गरेको फोतु गाविस वडा नम्बर ३ का अंग बहादुर शाहीले टेलिफोनबाट जानकारी दिएका छन । अज्ञात रोगका कारण पशु वस्तु मर्न थाले पछि स्थानीय पशुपालक कृषकहरु औषधीका लागि गमगढी तर्फ आउने तयारी गरिरहेका छन ।
0 comments
बिचार लेख्नुहोस्..