रारा तालको सतह पुरिदै
मुगु न्युज डट कम
श्रावण ८ मुगु
सुन्दर तथा पर्यटकिय क्षेत्र रारा तालको सतह विस्तारै पुरिदै जान थाले पछि त्यसलाइ कसरी रोक्न सकिन्छ भनेर रारा राष्टिय निकुञ्ज कार्यालय ले विकल्प खोजिरहेको जनाएको छ ।
तालमा आएर मिसिने ३४ वटा खोला रहेका र ति मध्य १० वटा खोलामा बाह्रै महिना पानी बग्ने गरेको छ । विषेश गरेर २४ वटा खहरे खोलामा वर्षाको वेला बाढी आउने र त्यति वेला आएको झार पात, माटो तालको सतहमा जम्मा हुन थाले पछि तालको सतह पुरिने क्रम सुरु भएको , तालको चौडाई फैलिदै गएको र यस्तै क्रम नरोकिए कुनै पनि वेला ताल फुट्न सक्ने निकुञ्ज कार्यालयको बुझाई छ ।
दश दशमलव पैसट्ठी वर्ग किलो मिटर क्षेत्र फलमा फैलिएको तालको गहिराई एक सय सतसट्ठि मिटर रहे पनि अहिले तालको सतह विस्तारै पुरिदै जाने क्रम सुरु भएको निकुञ्ज कार्यालयका प्रमुख भोगेन्द्र रायमाझिले बताए ।
हिमाली राष्टिय निकुञ्ज नियमावली अनुसार मध्यवर्ति क्षेत्र भित्रका स्थानीय उपभोक्ताका लागि वस्तु भाउ चरिचराउ खुला रहेको तथा ताल छेउ छाउमा वस्तुभाउ ल्याउने कारणले तालमा माटो, पात पतिंगर जाने गरेको निकुञ्ज कार्यालयको भनाई छ ।
कार्यालयका अनुसार धमिलो र फोहोर तालमा प्रवेश गर्न नदिन निगालोको बोटले फिल्टरको काम गर्ने भएकाले अहिले निकुञ्ज कार्यालयले दुई वटा खोलामा तिन सय पचास विरुवा रोपिएको छ ।

0 comments
बिचार लेख्नुहोस्..