गरीवी निवारण कोषको सार्व जनिक सुनुवाई सम्पन्न

मुगु न्युज डट कम
श्रावण ७,
 गरीवी निवारण कोषको आर्थिको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिरहेका स्थानीय साझेदार संस्थाहरुको सोमवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
 लामो समय देखि जिल्लामा कोषको सहयोगमा   आयआर्जन तथा पुर्वाधार विकासको काम गरिरहेका यि संस्थाहरुले आर्थिक वर्ष २०६९।७० मा सञ्चालन गरेका कार्यक्रमहरु तथा आय व्यय विवरण सम्बन्धि सार्वजनिक सुनुवाई आयोजना गरे पनि कार्यक्रमको समिक्षा र आय व्यय विवरण सन्तोषजनक आएन ।
 २०६० सालमा तत्कालिन सरकारले अध्यादेश मार्फत गरीवी निवारण कोषको स्थापना गरि २०६२ सालमा देशका विभिन्न ६ जिल्लामा कार्यक्रम सुरु गरेको थियो । २०६३ सालमा परिमार्जित तथा संशोधित  निर्देशिका मार्फत  कार्यक्रमलाई निरन्तरता दिदै आएको थियो । कोषले आठ वर्षसम्म जिल्लामा ३५ करोड बढी लगानी गरे पनि उपलब्धी सन्तोषजनक छैन ।
 अहिलेजिल्लाका २४ वटै गाविस समेट्ने गरि छायाँक्षेत्र, किर्डाक, जनकल्याण, सप्रोस र मुर्माटपले कोषको कार्यक्रम सञ्चालन गरिरहेका छन ।

0 comments

बिचार लेख्नुहोस्..