पोष्ट मार्टम नगरेर पाँच दिनपछि आफन्तलाई शव बुझाईयो

मुगु न्युज डट कम
श्रावण ८
गत हप्ता विहिवार राती झुण्डिएर आत्महत्या गरेका पिना गाविस वडा नम्बर ५ बालै गाउँका एक युवाको शव पोष्टम नगरि मंगलबार आफन्तलाई बुझाईएको छ ।
 शनिवार २२ वर्षीय युवक नाना भामले आफ्नै गोठमा झुण्डिएर आत्महत्या  गरेपछि  मृतकको शवलाईशुक्रवार  पोष्टमार्टमका लागि जिल्ला अस्पताल मुगुमा लगिएको थियो । खराब  मौसमका कारण  लामो समय देखि हवाई यातायात बन्द रहेको र जिल्ला अस्पताल मुगुमा कार्यरत दुवै जना डाक्टर लोक सेवा आयोगको परिक्षा दिन गएकाले शवको पोष्टमार्टम  हुन नसकेपछि  मंगलवार आवश्यक कानुनी  प्रक्रिया मिलाएर प्रहरीले शव आफन्तलाई बुझाएको छ ।
 शव पोष्टमार्टमका लागि डाक्टर अर्जुन भट्ट  नेपाल गञ्जबाट मुगु आउन तयारी अवस्थामा रहे पनि  वर्षाका कारण हवाई उडान हुन  नसकेको तथा हेलिकप्टरले समेत उडान गर्न नसक्दा  सरकारी वकिलको रायमा अस्पतालमा राखिएको शव आवश्यक प्रक्रिया मिलाएर आफन्तलाई बुझाईएको प्रहरीले जनाएको छ ।

0 comments

बिचार लेख्नुहोस्..