सहयोग माग्दै भूमिहिन
मुगु न्यज डट कम
मुगु १७ साउन,
विगत तिन चार पुस्ता देखि भोग चलन गर्दै आईरहेको जमिन जग्गा धनिले छोडन भने पछि ऋण खोज्न र आवश्यक सहयोग जुटाउन जिमा गाविस वडा नम्बर १ र २ सिप, ख्याल्च र बुम्च गाउँका भूमिहिन तिन महिना देखि सदरमुकाममा भौतारी रहेका छन ।
विक्रम सम्बत १९४६ साल देखि जुम्ला जिल्ला पाण्डुगुफा गाविस देहारपाटा गाउँका ब्राहमणले हिउँदमा गाई पाल्न आएका वेला देखि जमिन हडपेका कारण अहिलेसम्म तिन गाउँका स्थानीयवासीले विना प्रमाणको जग्गा कमाउदै आएका थिए । दशक औं देखि विना प्रमाण कमाउदै आएको जग्गा आफ्नो नाममा दर्ता गराउनका लागि जग्गा धनिलाई बुझाउनु पर्ने रकमको जोहो गर्न उनिहरु तिन महिना देखि सदरमुकाम गमगढीमा आएका हुन ।
जिमा गाबिस सिपगाँउका मुखिया जिजु छयाङ्गे बिष्टले १९४६ तिर एक जना पशु चौपाया पाल्न आएकि जुम्ला सिंजाकि बाहुनी माथी अबैध सम्बन्ध राखेको भन्दै काफले थरका बाहुनहरुले त्यो गाँउका तालुकदारको नाममा रहेको १७ हेक्टर जमिनका सम्पुर्ण कागजपत्र आफनो नाममा लिएपछी सयौ बर्ष देखी यि गाँउका २ सय ४४ घर धुरी भुमिहिन अवस्थामा रहेको स्थानीयवासीको भनाई छ ।
सिप गाउँका स्थानीयवासीहरुले दावी गरे जस्तो नभई सो जग्गा १९९६ सालमा हुम्लीहरुबाट आफ्ना जिजुहरुले किनेको र २०२२ सालमा सर्वोच्च अदालतले आफ्नो नाममा फैसला गरिदिए पछि विधिवत रुपमा २०५२ सालबाट आफ्नो नाममा जग्गा आएको जुम्ला जिल्ला पाण्डुगुफा गाविस देहारपाटा गाउँका प्यारीलाल काफ्लेले बताए ।
तत्कालिन समयमा हुम्ला, सल्यान र डोटीका बडा हाकिमले सो जग्गा विष्टहरुको नै भएको फैसला गरे पनि यो फैसला प्रति असन्तुष्ट रहेका काफलेका जिजु जाने दत्ते काफ्लेले आफुले न्याए नपाएको भनी काठमाडौं गई हामी अन्यायमा परेका छौ सरकार सिपको जग्गा नाममा गराई पाउँ भने पछि २०२२ सालमा तत्कालिन राजा महेन्द्रले काफलेहरुको पक्षमा सर्वोच्च अदालतलाई फैसला गर्न आदेश दिदा बिष्टहरु भुमिहिन भएका थिए ।
अहिले काफलेहरुले जग्गा किन्ने भए किन नभए अरुलाई नै बेच्छौं भनेपछि ऋण सापटी गरेर आफ्नो नाममा जग्गा पास गराउने रकम र आवश्यक सहयोग जुटाउन सदरमुकाम आएको वडानम्बर १ ख्याल्चका नवराज बुढाले पिडा सुनाए । जग्गा आफ्नो नाममा पास गराउन घरमा रकम नभएपछि हुम्लाको तुम्च गाउँ , मुगुको राराको रुम लागायत गाउँमा रहेका आफन्तसंग नौ लाख ऋण गरेर ८ हल जग्गा पास गराउन बाध्य भएको अर्का स्थानीयवासी गोपाल विष्टको भनाई छ । अहिले प्रति घरधुरीले न्युनतम डेढ लाख रकम काफलेलाई बुझाउनु परेको उनिहरुको भनाई छ ।
विगत द्धन्द्धकालमा नेकपा माओवादीले आफुहरु भुमि क्रान्ति सफल बनाउन युद्ध गरिरहेको युद्ध सफल भएपछि जग्गा गाउँलेको नाममा गराउने सपना देखाए पनि लामो समयसम्म सरकारमा बस्दा समेत कुनै वास्ता नगरेको , नेकपा एमाले मुगुबाट पुर्व संसद समेत बनेका चन्द्र बहादुर शाहीले ब्यक्तिगत रुपमा भए पनि जग्गाका लागि चाहिने आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेको, काँग्रेसले पनि उस्तै कुरा गरेर आफ्नो राजनितिक फाईदा उठाउने काम मात्र गरेको स्थानीयवासी रत्नसिंह विष्टले बताए । २ सय ४४ घरधुरीले उपभोग गर्दै आएको १७ हेक्टर खेत अहिले काफलेहरुले प्रति भारी १२ हजारका दरले २६ जना काफलेले जग्गा बेच्ने भएपछी ऋण सापटी गरेर आफुले उपभोग गर्दै आएको जग्गा पास गराउन सदरमुकाम गमगढी आएका छन । ४५ घरधुरी आर्थिक अभाबकै कारण जग्गा आफनो नाममा पासगर्ने अबस्थामा छैनन । जग्गा आफ्नो नाममा पास गराउन सक्ने आर्थिक अवस्था नभए पछि सुकुम्बासी भएर मुगु कर्णालीको किनारमा पाल हालेर बस्नु पर्ने वा त भारत पस्नु पर्ने अवस्था आएको अर्का स्थानीय युवा भिम बहादुर विष्टले दुखेसो व्यक्त गरे ।

0 comments
बिचार लेख्नुहोस्..