दुई वर्षदेखि डाक्टर विहिन प्राथामिक स्वास्थ्य केन्द्र
पुष्पा शाही-
मुगु न्युज डट कम,
साउन १,
खत्याड भेकको रातापानीमा रहेको प्राथामिक स्वास्थ्य केन्द्र दुई वर्ष देख डाक्टर विहिन भएकोछ ।
दुई वर्ष अगाडी प्रथामिक स्वास्थ्य केन्द्रमा डाक्टर सुरज तिवारी सरुवा भई गए पनि केहि महिना मात्र बसेर हिडेपछि अहिलेसम्म प्राथामिक स्वास्थ्य केन्द्र डाक्टर विहिन भएको हो ।
डाक्टर दरबन्दि एक, स्टाफ नर्शर हेल्थ असिष्टेण्ट एक एक जना , अहेब दुई, अनमि दुई, ल्याब असिस्टेण्ट एक जना गरि आठ जना स्वास्थ्यकर्मिको दरबन्दि रहे पनि अहिले दुई जना मात्र कार्यरत छन । केन्द्रमा स्वास्थ्यकर्मि नहुँदा स्थानीयवासी स्वास्थ्य सेवाबाट बञ्चित भएका छन ।
स्वास्थ्य केन्द्रका लागि एक जना डाक्टरको दरबन्दि भए पनि लामो समय देखि दरबन्दि रिक्त नै रहेको छ । अहिले केन्द्रमा कार्यरत रहेका सिनियर अहेव , अनमिहरु केन्द्रमा नहुँदा उपचारका लागि आउने सर्वसाधारणहरु त्यतिकै फर्केर जाने गरेका छन । जिल्ला स्वास्थ्य कार्यालय मुगुले औषधी पर्याप्त पठाएको दावी गरे पनि स्वास्थ्य केन्द्रमा औषधी समेत अभाव रहेको छ ।
केन्द्रमा करार सेवामा कार्यरत स्वास्थ्यकर्मिको करार सम्झौता सकिएकाले उनिहरु काममा आउन छोडेका छन भने अस्थायी दरबन्दिमा कार्यारत स्वास्थ्यकर्मिहरु लोक सेवा आयोगको परिक्षा दिन गएकाले पनि केहि समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जन स्वास्थ्य अधिकृत वृर्ष बहादुर शाहीले बताए । शाहीले प्राथामिक स्वास्थ्य केन्द्रका लागि औषधी वेला वेला पठाउने गरेको र भने जस्तो अभाव नभएको दावी गरे । स्वास्थ्य केन्द्र भवन निर्माण गरेको दुई वर्ष नपुग्दै भवन जिर्ण बन्दै गईरहेको छ । भवन वरोपोरी गरिएको घेरवार समेत भत्कि सकेको छ । स्वास्थ्य केन्द्रका लागि खानेपानी आपुर्ति गर्न राखिएको प्लाष्टिकका ठुला ट्यांकि केहि महिना पहिले गम्थामा आयोजना गरिएको स्वास्थ्य शिविरमा लगे देखि फिर्ता गरिएको छैन ।
लामो समय देखि स्वास्थ्य केन्द्रमा स्वास्थ्य कर्मि भेटाउन नसके पछि अहिले सर्वसाधारणहरु स्वास्थ्य केन्द्रमा आउन छोडेका छन भने स्वास्थ्य केन्द्रका स्वास्थ्य कर्मिले चलाई रहेका निजी मेडिकलबाट उपचार गराउन बाध्य भएका छन ।

0 comments
बिचार लेख्नुहोस्..