साक्षारता कक्षा परिणाम शुन्य ,वार्षिक ३४ लाख नोक्सानी

मुगु न्युज डट कम-

साउन २, जिल्ला शिक्षा कार्यालय मार्फत जिल्लाका २४ वटा गाविसमा सञ्चालन भएका साक्षरता कक्षाको परिणाम शुन्य देखिएको छ भने कार्यक्रम पुर्ण रुपमा असफल भएको छ ।

जिल्ला भरिमा तिन सय सहयोगि कार्यकर्ता मार्फत तिन महिनासम्म कक्षा सञ्चालन गर्नु पर्ने भए पनि  कक्षा नै सञ्चालन नगरि रकम खर्च भएको छ । आर्थिक वर्ष २०६९ । ७० मा मात्र तिन सय कक्षाका लागि तिन सय सहयोगि कार्यकर्ताको पारिश्रमिक दुई हजारका दरले तिन महिनाको अठार लाख , साक्षरता कक्षा अनुगमन निरिक्षणका लागि पचास हजारका दरले २१ वटा सामुदायिक अध्ययन केन्द्रहरुलाई दश लाख पचास हजार र तिन सय कक्षाका लागि प्रति कक्षा दुई हजारका दरले पाठ्य तथा शैक्षिक सामाग्रीको छ लाख गरेर चौंतिस लाख पचास हजार खेर गएको छ ।

विगतका वर्षहरुमा कहिले शिक्षा कार्यालय त कहिले सम्वन्धित गाविसले साक्षरता कक्षाको अनुगमन गर्दा आंशिक रुपमा कक्षा सञ्चालन हुने गरे पनि सामुदायिक अध्ययन केन्द्रलाई जिम्मा दिंदा झन असफल हुँदै गएको जिल्ला शिक्षा अधिकारी मान बहादुर घिमिरेले स्वीकार गरे ।

घर घरमा गएर कक्षामा आउन निरक्षर महिला , पुरुषहरुलाई धेरै प्रयास गर्दा पनि नआएको सहयोगि कार्यकर्ताहरुले कार्यालयमा गुनासो राख्ने गरेको जिल्ला शिक्षा अधिकारी घिमिरेले बताए । सरकारको सवैलाई साक्षर वनाउने अभियान अन्र्तगत लामो समय देखि साक्षरता कक्षा सञ्चालन भए पनि असफल रहेकोले अव नयाँ तबरले यो कार्यक्रम सञ्चालन गर्नु आवश्यकता रहेको जिशिअ घिमिरेको भनाई छ ।

 जिल्लामा गठन गरिएका २१ वटा सामुदायिक अध्ययन केन्द्रले समेत प्रभावकारी भुमिका निर्वाह गर्न नसक्ने र रकम मात्र खर्च हुने भईरहँदा अब यसको विकल्पका विषयहरु सरकारले खोज्नु पर्ने जिल्ला शिक्षा कार्यालयको ठम्याई छ ।

0 comments

बिचार लेख्नुहोस्..