साहस नेपालद्धारा सुधारिएको चुल्हो वितरण

मुगु न्युज डट कम-
साउन २
 जिमा गाविसको वडा नम्बर ३ र ४ का एक सय सात घरधुरीलाई सुधारिएको चुल्हो वितरण गरिएको छ ।
साहस नेपाल सिफल्स परियोजना मुगुको आर्थिक सहयोग , समुदायको एक लाख विस हजार तथा बाँकि अनुदान सहयोगमा बुधवार धुवाँ रहित आधुनिक चुल्हो वितरण गरिएको हो ।
परम्परागत चुल्हो प्रयोग गर्दा स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने भएको र धुवाँ रहित चुल्हो प्रयोग पछि स्थानीयवासीको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको छ । देशका विभिन्न जिल्लामा धुवाँ रहित गाविस घोषणा गरिए पनि मुगुमा परम्परागत चुल्हो प्रयोग गर्नेको संख्या अझै पनि धेरै रहेको छ । 

0 comments

बिचार लेख्नुहोस्..