बिभाग र कार्यालयको तथ्यांक फरक फरक
कृष्णराज धमाला
,कालीकोट- साउन ५,
शिक्षा बिभागको फल्यास तथ्यांक २०१२ र २०१३ अनुुसार सार्बजनिक गरीएको तथ्यांक गलत भेटीएको छ । कालीकोट जिल्लामा सञ्चालीत २४ वटा उच्च माबिमा कार्यरत शिक्षकहरुको संख्या कम भएपनि तथ्यांकमा बढि देखाइएको छ । जिल्ला शिक्षा कार्यालय मार्फत बिभागले प्रकाशन गरेको तथ्यांकमा महिला शिक्षिका १०६ र पुरुष १५८ देखाइएकोछ । कार्यालयले प्रकाशन गरेको कालीकोट शिक्षा नामक स्मारीकामा ४० जना मात्रै शिक्षक कार्यरत रहेको तथ्यांक सार्बजनि गरेकोछ । बिभागको तथ्यांकमा कालीकोटका उच्च माबिमा शिक्षकको संख्या बढि देखीदा उच्च माध्यामिक शिक्षा परीषदबाट ब्यबस्थापन गरीने अनुदान रकम बाट बञ्चित भएका छन । यो तथ्यांक अनुुुसार एक उच्च माबिमा ११ जना शिक्षकको दरबन्दि देखीन्छ भने २४ उच्च माबिमा जम्मा ४० जना मात्रै शिक्षक कार्यरत छन । जिल्ला शिक्षा कार्यालय कालीकोटले बिभागमा कुन आधारमा तथ्यांक पठायो, आफ्नो स्मारीकामा कम तर बिभागमा बढि देखाउनु जिल्ला शिक्षा कार्यालय कालीकोटको लापरबाही हो या बिभागको लापरबाही कार्यालयलाई पनि पत्तो छैन ।

0 comments
बिचार लेख्नुहोस्..