डाक्टर नहुँदा शव पोष्टर्माटममा समस्या

मुगु न्युज डट कम-
श्रावण ५,मुगु ,
 जिल्ला अस्पताल मुगुमा  डाक्टर नहुँदा  शवको पोष्टमार्टम गर्न समस्या भएको छ ।
 पिना गाविस वडा नम्बर ५ बालै गाउँका २२ वर्षिय नाना भामले विहिबार राती झुण्डिएर आत्महत्या गरे पछि पोष्टमार्टमका लागि उनको शवलाई शुक्रबार जिल्ला अस्पताल मुगुमा  राखिए पनि शवको पोष्टमार्टम हुन सकेको छैन ।
 जिल्ला अस्पताल मुगुमा डाक्टर अर्जुन भट्ट अस्थायी र डाक्टर प्रणव भण्डारी करार सेवामा कार्यरत भए पनि दुवै जना लोक सेवा  आयोगको परिक्षा दिन गए पछि जिल्ला अस्पताल डाक्टर विहिन बनेको छ ।
 अस्पतालमा पोष्ट मार्टमका लागि शव आए पछि डाक्टरलाई जिल्ला फर्कन परिपत्र गरिसकिएको र नेपालगञ्ज विमान स्थलमा हवाई टिकटका लागि कुरिरहेको जिल्ला स्वास्थ्य कार्यालय मुगुका कार्या  लय प्रमुख वृष बहदुर शाहीले जानकारी दिए । प्रतिकुल  मौसमका कारण जिल्लामा हवाई सेवा पुर्ण रुपमा  बन्द छ भने वर्षाको समयमा दुई दिनको पैदल यात्रा पछि जुम्लाबाट हवाई यात्रा गर्नु परिरहेको छ । 

0 comments

बिचार लेख्नुहोस्..