प्रमुख जिल्ला अधिकारी र पत्रकारहरु विच छलफल

मुगु न्युज  डट कम-
साउन ३,

जिल्लामा क्रियाशील पत्रकारहरु, नेपाल पत्रकार महासंघका पदाधिकारीहरु र प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीबीच छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
 कार्यक्रममा सहभागि सञ्चारकर्मिले जिल्लामा कानुन कार्यान्वयन गर्ने निकायबाट कानुन कार्यान्वयन हुन नसकेको , समाचार लेखेकै कारणले पत्रकारहरुले धाक धम्कि सहनुका साथै दिन प्रतिदिन पत्रकारहरु जिल्लामा असुरक्षित हुँदै गएको प्रति गम्भीर हुन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका थिए ।
 पत्रकारहरुले जिल्लामा भ्रष्टाचार मौलाउदै गए पनि न्युनिकरण गर्न कसैको ध्यान नगएकाले वित्तिय अनुशासन कायम गरि सुशासन कायम गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ईकाईका रुपमा रहेको स्थानीय प्रशासनले कडाई गर्नु पर्ने सुझाव समेत दिएका छन ।
 जिल्लामा विकास पुर्वाधारका कार्यहरु अबरुद्ध भएका , यातायातको कठिनाई सहज बनाउनु पर्ने, प्रशासन राजनीतिक हस्तक्षेपबाट टाढा रहनु पर्ने सुझाव समेत पत्रकारले दिएका छन ।
 प्रजिअ गिरीले आफुलाई गृह प्रशासनको लामो अनुभव रहेकाले कानुन कार्यान्वयन गर्ने सवालमा जुनसुकै मुल्य चुकाउन तयार रहेको भन्दै प्रशासनलाई पत्रकारहरुको सहयोग आवश्यक पर्ने बताए ।
 प्रजिअ गिरीले सप्तरी जिल्ला प्रशासन कार्यालयबाट सरुवा भई मुगु पुगेको सुरुवातमा नै भेटघाट , परिचयको क्रम सुरु गरेका हुन ।

0 comments

बिचार लेख्नुहोस्..