औषधी उपचार अभावमा एक गोठालाको मृत्यु

हुम्ला ,साउन ८

लालि गाविस वडानं ८ का ४८ बर्षीय  जिते विकको औषधी अभावमा गाइ खर्कमा मृत्यु भएको छ ।
 लालि गाविसका  लिगेजुर  भन्ने  लेकमा  रहेको खर्कमा गाई बस्तु लिएर बसिरहेको अबस्थामा एक्कासी पेट दुख्नु को  साथै उल्टी गरी सोमवार विहान ११ बजे मुत्यु  भएको लाालि गाउँ निबासी  वडानं ९ का  पूर्णसिंह  परियारले जानकारी गराएका छन । मृतक विकका ८ जना परिवार  छन भने मृत्तकको आफन्तजनले मंगलबार विहान स्थानिय संसकार अनुसार दाहसंस्कार गरिएको खबर समेत परियारले बताएका छन। लेक खर्कमा गाइ गोरु राख्ने खर्कमा विकको मृत्यु भएको परिवारले जनाएको छ विरामी अवस्थामा औषधी अभावले ज्यान गएको परिवारले जनाएका छन् ।

0 comments

बिचार लेख्नुहोस्..