मुगुमा २९ प्रतिशतले मतदाता घटे

मुगु
श्रावण ८
 २०६४ सालको संविधान सभाको निर्वाचनको तुलनामा अहिलेमुगुमा  २९ प्रतिशतले मतदाता घटेका छन ।
 मंगलबार जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको फोटो सहितको मतदाता नामावलीको तथ्यांकले त्यस्तो देखाएको हो । २०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा जिल्लाका २४ वटै गाविसमा मतदाताको संख्या ३३ हजार ७ सय २० रहेको थियो भने मतदानमा २५ हजार ४ सय २९ जना मतदाता सहभागि भएका थिए ।
 चार वर्षको अबधीमा  नयाँ संविधान निर्माण  हुन  नसके पछि  पुन  दोस्रो पटक संविधान सभाको निर्वाचन का लागि फोटो सहितको मतदाता नामावली संकलन गरिएको थियो । आगामी मंसिर ४ गतेका लागि तोकिएको संविधान सभाको निर्वाचनका लागि फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गराएको सुचि सार्वजनिक गरे पछि  अघिल्लो चुनावको वेला भन्दा यो पटक ९ हजार ७ सय ९७ मतदाता घटेका छन । अहिले जिल्ला निर्वाचन कार्यालयमा फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गराउनेको संख्या २३ हजार ९ सय २३ मात्र रहेको छ । प्रतिशतका आधारमा २९.०५ प्रतिशतले मतदाता घटेका छन ।
जिल्लाको कुल जनसंख्या ५५ हजार तिन सय मात्र रहेको छ भने कुल जनसंख्याको आधारमा यस पटक मतदाता पचास प्रतिशत रहेका छन । १८ वर्ष उमेर पुगेकालाई मात्र मताधिकार रहेको, जनशक्ति विदेश पलायन भएका कारणले पनि केहि मतदाता संख्या घटेको हुन सक्ने जिल्लाका राजनीतिक दलले विश्लेषण गरेका छन ।


0 comments

बिचार लेख्नुहोस्..