सैनिक व्यारेक नजिक जोखिम अवस्थामा रहेको विष्फोटक पदार्थ नष्ट गरिने
मुगु न्युज डट कम,
असार १८,गमगढी,
नेपाली सेनाको रारा हुटु स्थित सैनिक व्यारेक नजिक रहेको प्लाष्टिक ह्याण्ड ग्रिनेड जोखिममा रहेको भन्दै नेपाली सेनाले नष्ट गर्ने भएको छ ।
हुटु स्थित दुर्गा भञ्जन गुल्मको तिन सय मिटर दुरीमा रहेको उत्तर पुर्वी क्षेत्रमा रहेको ग्रीनेडको प्युज हेड र लिभर चर्किएर विष्फोट हुन सक्ने देखिएकाले नेपाली सेनाको २४ बाहिनी अड्डाको अनुमति पछि असार २१ गते विहान ११ वजे डिस्पोज गरिने भएको छ ।
ग्रिनेड रहेको स्थान तर्फ डिस्पोज नगरुन्जेलसम्म पशु चौंपाय , मान्छे नजान जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मार्फत नेपाली सेनाले सबैलाई अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।

0 comments
बिचार लेख्नुहोस्..