मालपोतमा लक्ष्य भन्दा झण्डै दोब्बर राजश्व संकलन
मुगु न्युज डट कम,
असार १७,गमगढी ,
जिल्ला मालपोत कार्यालय मुगुले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म लक्ष्य भन्दा झण्डै दोब्बर राजश्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षमा १३ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा आर्थिक वर्ष सकिन एक महिना बाँकि रहँदा जेठ मसान्तसम्म २४ लाख ९० हजार २ सय ९४ रुपैयाँ ६० पैसा राजश्व संकलन भएको जिल्ला मालपोत कार्यालय मुगुका प्रमुख ऐन बहादुर हमालले जानकारी दिए । व्यवसायिक रुपमा घर जग्गाको कारोवार हुने क्षेत्रमा राजश्व दरमा वृद्धि गरिए पछि राजश्व संकलनमा वृद्धि भएको हो ।
प्रतिशतका आधारमा लक्ष्य भन्दा ९१ दशमलव ८४ प्रतिशतले बढि हो । सवै भन्दा बढि रजिष्टेशन दस्तुर २३ लाख ५३ हजार ९ सय ४ रुपैयाँ राजश्व संकलन भएको छ ।

0 comments
बिचार लेख्नुहोस्..