प्रशासनद्धारा पत्रकार लाई सहयोगको आग्रह

मुगु न्युज डट कम,
असार १८,गमगढी,
    प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले जिल्ला प्रशासन कार्यालयले गर्ने काममा सहयोग गर्न पत्रकारहरुलाई आग्रह गरेका छन ।
     जिल्लाबाट कञ्चनपुर जिल्ला प्रशासनमा सरुवा भएका प्रजिअ चौधरीले मंगलबार आप्mनो कार्यकक्षमा पत्रकारसँग अनौपचारिक भेटघाट कार्यक्रम आयोजना गरि आफु जिल्लामा रहँदा पत्रकारहरुबाट सहयोग पाएको भन्दै जिल्लामा क्रियाशील पत्रकारलाई धन्यवाद थिए ।
     आफुलाई सहयोग गरे जस्तै अब सरुवा भई आउने प्रजिअ बलभद्र गिरी र जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सुझाव सल्लाह र सहयोग गर्न आग्रह समेत गरे ।गल्ति सच्याउन मौका दिनु पर्ने भन्दै प्रजिअ चौधरीले भने – प्रशासन र कर्मचारीका कुनै , त्रुटी कमि कमजोरी देखिए एक पटक सुधारिने मौका दिनु होला ।
           प्रजिअ चौधरीले जिल्ला आउदा वित्तिकै पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम राखेका थिए भने आएको चार महिनामा नै सरुवा भए पछि पनि उस्तै स्वभाव प्रस्तुत गरि पत्रकारहरुसँग विदा मागेका छन ।
 नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष राज बहादुर शाही सहित जिल्लामा क्रियाशील दर्जन जति सञ्चारकर्मि कार्यक्रममा सहभागि थिए ।
                विगतमा जिल्ला प्रशासन कार्यालय र पत्रकारहरु विचको सम्बन्धको खाडल निकै गहिरिदै गएको थियो । प्रजिअ चौधरी आएपछि सम्बन्ध सुधारिएको थियो ।

   

0 comments

बिचार लेख्नुहोस्..