रलिङ गुम्वामा गेवा पुजा शुरु

रमेश ऐडी -
 हुम्ला साउन ६

हुम्ला जिल्लाको पवित्र ऐतिहासिक तथा धार्मिक स्थल पुरानो रल्लिङ्ग गुम्बामा आइतवारबाट गेवा पुजा शुरु भएको छ । पाप मोचन र धर्मकर्मको लागि पुजारी लगायत भिक्षुभिक्षुणीहरुले बिशेष पुजापाठ गरिरहेका छन । बिशेष गरी  वौद्धमार्गीहरुको आस्थाको विस्वास केन्द्रको रुपमा रहेको सो गुम्वामा हुम्लाका सवै वौधमार्गी गाउ गाउवाट सहभागी भएको पुजारी मिगुर लामाले जनाउनु भएको छ । सिमकोट लगायत लामा समुदायका बस्तिहरु ब्ुराउसे, बरगाँउ ,तोर्पा,हुटिक ,दोजाम लिमाटाङ्ग र लाङ्गदुकका भत्तालुहरुले पुजाआजा गर्ने जनाईएको छ । वार्षिक रुपमा गरिने पुजाका लागी हरेक लामा वस्तीवाट गुम्वाको पुजाका लागी सामागी्र संकलन गर्ने चलन पनि रहेको जनाइएका छ ।

0 comments

बिचार लेख्नुहोस्..