हुम्ला जिल्लाका कृषकहरुलाइ टोल फ्री नम्वर

सिमिकोट , श्रावण ७

सरकारले जनता तथा नागरिकलाई प्रदान गर्ने सेवा र सुविधा सहज रुपमा उपलब्ध गराउनका लागि जिल्ला, इलाका हुदैं गाउँ स्तरका सेवाकेन्द्र स्तरिय कार्यालय सञ्चालन गरिएपनि स्थानीय कृषकले सेवा सूविधा नपाएको महसूश गर्दै कर्णाली अञ्चलमै पहिलो पटक जिल्ला कृषि विकास कार्यालय हुम्लाले कृषकका लागि हटलाईनको व्यवस्था गरेको छ । कर्णालीका अन्य जिल्लालाई उछिन्दै कार्यालयले आफ्नै कार्यालयको टेलिफोन नम्बर १६६०८७६८००० को हट लाईन सेवाको सूचारु गरेको छ । आइतवार जिल्ला प्रशासन कार्यालय हुम्लामा शुरु भएको उक्त सेवालाई सूचारु गर्दै प्रमूख जिल्ला अधिकारी संकरहरी आर्चायाले हटलाईनको घोषणा गर्दै शूरुवात गर्नु भएको छ हटलाई कार्याक्रालाई संवोधन गर्दै जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृर्षि विकास अधिकृत बौआलाल चौधरीले हुम्ला जुन रुपमा कृषिका सेवा पुर्याउनु पर्ने हो सो अनुशार नसकेको स्विार्दै थप प्रभावकारी गर्नका लागि कार्यालयले आफ्नै खर्चमा लोटफ्री नम्बरको स्थापना गरेको बताउनु भएको छ। जिल्लाका किसानहरुले जुनसुकै समयमा खेती किसानहरुको समस्याका वारेमा जानकारी दिने चौधरीले वताउनु भएको छ ।

0 comments

बिचार लेख्नुहोस्..