प्रसुति सेवा प्रभावकारी हुँदा प्रेषण हुनेको संख्यामा कमि
मुगु न्युज डट कम,
असार १९,
जिल्ला अस्पतालमा विगतका वर्षहरुमा भन्दा यो वर्ष प्रसुति सेवा प्रभावकारी रुपमा सञ्चालन भए पछि जिल्लामा सुत्केरी हुन नसकी नेपालगञ्ज, काठमाण्डौं प्रेषण हुने संख्यामा कमि भएको जिल्ला अस्पताल मुगुले जनाएको छ ।
बुधबार विहान जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिको बैठकमा उकत कुराको जानकारी गराईएको हो । जिल्ला अस्पतालमा अहिले प्रसुति सेवाका लागि विदेशी स्वास्थ्यकर्मिले काम गरिरहेका, अस्पतालमा स्रोत साधन पनि रहेकाले विगतका वर्ष भन्दा यो वर्ष सुत्केरी हुन नसकि बाहिर पठाउने गर्भवतिको संख्यामा कमि आएको जिल्ला अस्पताल मुगुका सरोजा घिमिरेको भनाई थियो । अघिल्लो वर्ष जिल्ला अस्पतालबाट बाहिर पठाईएका गर्भवती महिलाको संख्या १२ रहेकोमा यो वर्ष ७ मात्र पुगेको छ । यसरी जिल्ला अस्पतालले गर्भवतिलाई बाहिर पठाउदा आवश्यकता अनुसार आर्थिक सहयोग समेत गर्ने गरिएको छ ।

0 comments
बिचार लेख्नुहोस्..