विश्लेषण, साख गुमाउने दलहरुको अपत्यारिलो मेसो


सुमन मल्ल,
देशमा गैर दलिय सरकारले आगामी मंसिर ४ गते संविधान सभाको निर्वाचन घोषणा गरिरहेको वेला जिल्लामा राजनीतक दलहरु कर्मचारीको विवादमा आफैमा विभाजित भईरहेका छन ।
 गएको तिन दिन यता जिल्ला विकास समिति मुगुमा कर्मचारी विच भएको आपसी विवादले मंगलवार विहानसम्म दलहरुवीच खण्डिकरण भएको छ । मुलुकमा राजनीतिक संयन्त्र नरहेको अवस्थामा जिल्लामा भने कर्मचारीको झगडामा पक्ष र विपक्ष बनेर मध्यस्थता गर्न लागि परेका दलहरु आ आप्नो स्वार्थ पुरा गराउने मेसोमा लागि परेका छन ।
एउटा कार्यालयको कर्मचारीले आप्mनै कार्यालय प्रमुखको अधिनमा बस्न नमान्ने र कार्यालय प्रमुखले कार्यालय भित्रको विवाद मिलाउन नसक्नु आफैमा उदेक लाग्दो विषय हो । आर्थिक वर्ष अव सकिन सकिन लाग्दा जिविस जस्तो कार्यालयमा कर्मचारी विच विवाद हुनु र त्यसले राजनितिक रुप लिनु भनेको  सकरात्मक पक्ष भने होईन ।  विकास निर्माण भए नभएको अनुगमन , मुल्यांकन गर्ने , अनियमितता भएको भए रोक्ने , सजाय र पुरस्कारका लागि नागरिकका तर्फबाट नेतृत्व गर्ने दलहरु कमिशन , उपभोक्ता समिति , ठेक्का पट्टामा हात हाल्नुले जिल्लाका दलहरुलाई जनताका दल र विकास प्रेमि कसरी मान्ने ।
 जनताको सेवा गर्न आउने सरकारी कर्मचारीलाई गलत नियतले यो मेरो पाटी को उ अर्को पाटीको भन्ने सोचले जिल्लाको विकास हुन सक्दैन । अहिले जिल्ला विकास समितिमा कर्मचारी विच दुई खेमा देखिएको छ । कोहि आर्थिक वर्षको अन्त्यमा खर्च हुन नसकिरहेको रकम प्रक्रिया मिलाएर सवैले अलि अलि भए पनि भागबण्डा हुनु पर्छ भन्ने र दुई तिन जनावीचमा मात्र हुनु पर्छ भन्ने विचको लडाई छ । त्यहि लडाईमा आफुले कसलाई काखि च्याप्दा कति स्वार्थ लिन पाईन्छ भनेर दलहरु लागि परेका छन ।
 कर्मचारी आउछ केहि समय बस्छ , जागिर खान्छ , मौका पाए चौगुणा उठाएर लान्छ । कसै कसैको मुखमा बुझो लगाउछ । स्थानीयवासी , राजनीतिक दलविचमा फाटो श्रृजना हुन्छ । यहि चौघेरामा जिल्लाको विकास भएको ठान्छन हाम्रा नेता गणहरु । अन्तत कर्मचारी सरुवा भएर जान्छ एक चोटिको गुलियो मुखले जिल्लाको विकास दशक औ पछि धकेलिन्छ । अनि स्थानीय कर्मचारीहरु पनि आफेनो अनुकुलको नभए पछि कहिले दलहरुलाई, कहिले भाई भारदारलाई , कहिले कार्यालय प्रमुखलाई , कहिले लेखापाललाई त कहिले योजना अधिकृतलाई उच्चाल्ने संस्कारमा डुबेको छ । जिल्ला विकास समितिमा पछिल्लो पटक देखिएका दृश्यहरु यहि सेरोफेरोमा छन । यस्तै गतिविधिलाई हाम्रा दलहरुले टाउकोमा बोकेकाछन । अदृश्य रुपमा कर्मचारीले त्यसलाई टेको लगाएकाछन । अस्थिर राजनितिक, संक्रमणकालिन राजनीतिक अवस्थाको गलत प्रयोग भईरहेको छ । सवैको मन मस्तिष्क, सपनामा हिजो आज मेरो पाटीको सर्मथक यो कर्मचारीले मलाई यति भत्ता, यतिको योजना, यतिको विल मिलाई दिएको छ ।  यतिको काम गर्नु पर्ने भए पनि काम नै नगरि भूकतानी पाँए , उसले पायो यस्तै यस्तै कुराहरु मात्र छन । थोरै भए पनि राम्रो काम गरौ भन्नेहरु अल्पमतमा छन । गलत आचरणको कालो निष्पट अँध्यारोले छोपिदिएको छ ।
 यस्तै कारणले जिविसको आन्तरिक सा्रेत संकलन, परिचालनको पद्धती थाहा छैन । कुन विकास कहाँ कसरी भयो थाहा छैन । अहिले जिविसले १५ करोड बेरुजु फस्र्यौट गर्न बाँकि रहेको छ । चालु आर्थिक वर्षको यहि एक हप्ता भित्र पचास प्रतिशत फस्र्याैट नभए स्थानीय विकास मन्त्रालयबाट कार्वाहीको प्रक्रिया सुरु हुन सक्छ ।
 यस्तै यस्तै कुराको अवश्य पनि लेखा जोखा हुन्छ । ढिलो चाँडो दलहरुबाट कहि न कहिबाट सम्पुर्ण हिसाव किताव खोज्ने काम सुरु हुने छ । त्यति वेलासम्म दलहरुले आफ्नो भएको साख गुमाईसकेका हुनेछन । तपाईको नैतिकता , आचरण माथि कसैले प्रश्न गर्ने छन । खोई तिमिहरुको  पाटीको ,घोषणा पत्रमा ,नितिमा उल्लेख भएको विकास कहाँ पुग्यो ? आ आफ्ना दलको सिदान्तको सुगा रेटाईले र तपाईको व्यवहारले देखाई दिएको परिणामको  जवाफ संक्रमण काल, निर्दलिय सरकार भनेर त्यति वेला केहि हुने छैन । अहिले तपाईहरुको राजनितिक विचार र सिदान्तको स्खलन हुँदै छ । द्रव्य मोहले तपाईहरुलाई सताएको छ । यहि मजा नै राजनिति गर्नुको मजा हो नेता जि ।।।।

0 comments

बिचार लेख्नुहोस्..