बाढी पिडितलाई राहत वितरण गरिने

मुगु न्युज डट कम,
असार १९,
गएको हप्ता भएको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउमा गएको बाढी पहिरोका कारण क्षति व्यहोरेका घर परिवारलाई राहत वितरण गरिने भएको छ ।
 वर्षाका कारण रुगा गाविसको वडा नम्बर १ र २ लह तिर्पमा पहिरोले खेतवारीमा लगाएको वाली नाली , फलफुलका विरुवा नष्ट हुनुका साथै खानेपानी , विद्युत तथा सिचाई कुलो भत्किएका थिए । बुधबार वसेको जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठकले सेरी ,श्रीकोट र रुगामा वर्षाले घर भत्काउदा समस्या झेलिरहेका परिवारलाई राहत सम्बन्धि मापदण्ड २०६४ अनुसार तत्काल राहत वितरण गरिने र भौतिक संरचना , वाली नालीको मुल्याकंन गरि राहत दिने निर्णय भएको छ । मुल्यांकनका लागि जिल्ला प्राविधिक कार्यालय र जिल्ला कृषि विकास कार्यालयका प्राविधिक खटाएर प्राविधिक प्रतिवेदन अनुसार क्षति दिईने छ ।

0 comments

बिचार लेख्नुहोस्..