जलवायु परिवर्तन सम्बन्धि दुई दिने तालीम सुरु

मुगु न्युज डट कम
श्रावण १०
 रुगा गाविसको वाम स्थित हिमोदय निमाविमा विहिवार देखि जल वायु परिवर्तन तथा अनुकुलन समबन्धि दुई दिने तालीम सुरु भएको छ ।
 असल छिमेकि नेपाल सामुदायिक विकास परियोजना मुगुको आयोजनामा सुरु भएको तालीमको पहिलो दिन विद्यालयका  ६ देखि ८ कक्षासम्म पढ्ने पचास जना विद्यार्थी सहभागि भएका छन । तालीममा हरितगृह , जलवायु परिवर्तन र त्यसको प्रभाव , जल वायु परिवर्तन पारेका असर र त्यसका लागि नेपालमा भईरहेका पहल तथा अवस्थाका बारेमा जानकारी गराईएको छ ।
तालीमको दोस्रो दिन परियोजनाद्धारा गठन गरिएका स्याउ र अतिस समुह तथा अभिभावकहरु गरेर तिस जनालाई तालीममा सहभागि गराईने परियोजनाले जानकारी दिएको छ ।

0 comments

बिचार लेख्नुहोस्..