पाँपुमा फस्टाउदै माहुरी पालन व्यवसाय
असार २५,
माँग्री गाविसको वडा नम्बर २ र ३ पाापु गाउँमा माहुरी पालन व्यवसाय फष्टाएको छ । जिल्लाका अन्य क्षेत्र भन्दा पाँपु गाउँ मह उत्पादनमा पहिलो पंक्तिमा रहेको छ ।
परम्परागत रुपमा माहुरी पालन गर्दै आएका स्थानीयवासीलाई आधुनिक माहुरी पालन व्यवसायका लागि आवश्यक तालीम, प्राविधिक ज्ञान तथा अन्य सहयोग असल छिमेकि नेपाल मुगु सामुदायिक परियोजनाले आधुनिक घार वितरण गरेको छ ।
समुहमा सञ्चालन भईरहेको व्यवसायका लागि आवश्यक तालीम र सहयोगमा २ लाख ९१ हजार खर्च भएको असल छिमेकि नेपाल मुगुले जनाएको छ । सेरेना जातको स्थानीय जातको माहुरी सोझो र उत्पादनशील हुने भएकाले यसले मह उत्पादन बढि गर्न सक्ने परियोजना संयोजक अष्ट कुमार श्रेष्ठले जानकारी दिए ।
जिल्लामा महको पकेट क्षेत्र पाँपु , मुर्मा , रुम, मुन्दु , लिउडी लगायतका क्षेत्रलाई मानिएको छ ।

0 comments
बिचार लेख्नुहोस्..