प्रचार प्रसारको अभावले ओझेलमा चंखेलि हिमाल

विनोद कुमार मल्ल-
,मुगु-
मुगु जिल्लाको सदरमुकाम गमगढी देखि चार घण्टाको दुरीमा रहेको चंखेलि हिमाल प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।
मुगु जिल्लाको रुगा गाविसको वाममा रहेको यो हिमालको उचाई ४ हजार १ सय ८० मिटरको उचाईरहेको यो हिमालको तस्वीर एक रुपैयाँको नोटमा समेत अंकित छ । यसको प्रचार प्रसार हुन सके आन्तरिक तथा बाह्य पर्यटक आरोहणका लागि आउन सक्ने संम्भावना भए पनि यसको प्रचार प्रसार हुन सकेको छैन भने वर्षेनी कतिले हिमाल आरोहण गर्छन  , त्यसको टुपोबाट कहाँ हेर्न सकिन्छ भन्ने तथ्याकं समेत जिल्ला विकास समितिमा छैन ।
 यो हिमालको टुपोबाट रारा ताल बाजुरा , कर्णाली चिसापानी र जिल्ला भित्रका खत्याड, सोरुका गाउ वस्तिको दृश्यावलोकन गर्न सकिन्छ । यसको प्रचार  प्रसार हुन सकेआन्तरिक तथा बाह्य पर्यटक को आवागमनमा वृद्धि भई रोजगारको सिर्जना हुन सक्ने प्रबल सम्भावना रहेको छ ।

0 comments

बिचार लेख्नुहोस्..