निर्वाचन आचार संहिता पालना गर्न निर्वाचन कार्यालयको परिपत्र

मुगु न्युज डट कम
श्रावण ११
 श्रावण ७ गते देखि निर्वाचन आयोगले संविधान सभा सदस्य निर्वाचन आचार संहिता २०७० लागु गरे पछि जिल्लामा पनि आचार संहिता लागु गर्न सम्बन्धित सरोकारवाला जिल्ला निर्वाचन कार्यालय मुगुले पत्राचार गरेको छ ।
 आयोगले श्रावण ९ गते पठाएको चलानी नम्बर ३८ अनुसार आचार सहिंता लागु गर्न पत्राचार गरिएको हो ।
 आम सञ्चार माध्यमका लागि पनि आयोगले १२ बुँदे आचार संहिता लागु गरेको छ । परिच्छेद ५ को दफा ७८ देखि ८६ सम्म १२ बुदा तयार गरि एक पक्षिय रुपमा कुनै दलको मात्र कुरा गर्न नपाउने, कुनै दलका समाचार लुकाउने,दवाउने , जातिय , वर्गिय तथा सामुदायिक हिंसा हुने खालका समाचार साममग्री   प्रकाशन प्रसारण गर्न नपाउने , केहि  त्रुटि भई हाले तत्काल गल्ति सच्याउनु पर्ने उल्लेख छ ।
 त्यस्तै सरकारी सञ्चार माध्यमले कुनै राजनितिक दलको पक्ष वा विपक्षमा सम्पादकिय लेख्न नपाउने दलका निती तथा कार्यक्रम प्रशारणमा सवैलाई समान अवसर दिनेलगायतका बुदाहरु  समेटिएको छ ।

0 comments

बिचार लेख्नुहोस्..