म्याद गएको सर्वोत्तम पिठो खाँदा तिन जना विरामी

मुगु न्युज डट कम
श्रावण ११ मुगु
जिल्ला स्वास्थ्य कार्यालय मुगुले वितरण गरेको सर्वोत्तम पिठो खाँदा तिन जना विरामी परेका छन ।
रुगा गाविसको स्वास्थ्य चौकि बाममा गएको सर्वोत्तम पिठो खाँदा  वडा नम्बर ६ र ७ का तिन जना बच्चालाई झाडा पखाला भएको छ । विरामी पर्नेमा गोविन्द बुढा, धनराज बुढाका बच्चा रहेका छन भने सोही पिठो खाँदा ४५ वर्षिया बाँचुकला बुढा पनि विरामी परेको स्थानीयवासीले बताएका छन ।

 सन २०१३ जुन २५ सम्म सर्वोत्तम पिठोको उपभोग गर्ने म्याद भए पनि म्याद सकिएको एक महिना वितिसक्दा पनि जिल्ला स्वास्थ्य कार्यालय मुगुले विभिन्न स्वास्थ्य चौकि मार्फत वितरण गरिरहेको पाईएको छ । नागरिकको स्वास्थ्य अवस्था  हेरि विश्वासिलो र सहज स्वास्थ्य  सेवा  प्रदान गर्ने निकायले नै नागरिकको स्वास्थ्य माथि  प्रतिकुल  प्रभाव  पार्ने खालका गतिविधि गर्दै आएको छ ।
 समयमा नै ढुवानी हुन नसकेका कारण यस्तो अवस्था आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जेठ महिनामा सर्वात्तम पिठो पुग्दा वितिकै सम्बन्धित स्वास्थ्य संस्थामा पठाएको जिल्ला स्वास्थ्य कार्यालय मुगुका प्रमुख  वृष बहादर शाहीले बताए ।
 अझै चार गाडी यहि पिठो गमगढी नाग्म सडक खण्ड अन्र्तगत सिंजाको गोठि जिउलामा रोकिएको र त्यसको पनि म्याद सकिसकेकाले काम नलाग्ने अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालयबाट जिल्लाका अन्य स्वास्थ्य संस्थामा पिठो ढुवानी गर्ने जिम्मा पाएका ढुवानी ठेकेदार बसन्त कुमाईले बताए ।

0 comments

बिचार लेख्नुहोस्..