जिल्लाका सरकारी कार्यालय प्रमुख विहिन

विनोद कुमार मल्ल
 मुगु न्युज डट कम
श्रावण ११
मुगु जिल्लाका एक दर्जन भन्दा बढि सरकारी  कार्यालयका प्रमुख हरु नहुँदा जनताका दैनिक काम काज समपादनमा बाधा पुगेको छ ।
 आगामी मंसिर ४ गते हुने संविधान सभाको निर्वाचनको आचार सहिंता श्रावण
सात गतेबाट लागु गरिएको भए पनि आर्थिक वर्ष २०६९।०७० को वार्षिक प्रतिवेदन , समिक्षा गर्न भन्दै सरकारी कार्यालयहरुका प्रमुख हरुले जिल्ला छोडे पछि ति कार्यालयबाट नागरिकलाई प्रवाह गर्ने सेवा सुविधामा बाधा पुगेको हो ।
 कुनै पनि सरकारी कार्यालयका प्रमुखले जिल्ला छोड्दा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनु पर्ने व्यवस्था छ । एकातिर निर्वाचन आचार संहिता लागु भएको र अर्को तर्फ प्रशासनले अनुमति दिन नमाने पनि ति कार्यालय प्रमुखहरुले सम्बन्धित मन्त्रालय र विभागबाट काज स्वीकृत गराई जिल्ला छोडेको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।
 कार्यालय प्रमुख विहिन भएका सरकारी कार्यालयहरुमा जिल्ला विकास समिति, खोनेपानी, वन ,कृषि, शिक्षा, पशु सेवा, महिला तथा बालबालिका , जिल्ला प्राविधक कार्यालय लगायतका रहेकाछन । यस्ता कार्यालयहरुमा पुग्ने सेवा ग्राही सेवा नपाएर रित्तो हात फर्किने गरेका छन भने ति कार्यालयहरु निमित्त, निमित्त देखि सिमित्तले चलाई रहेका छन ।

0 comments

बिचार लेख्नुहोस्..