मुगु न्युज डट कम- असार २८, जिल्लामा हुने भ्रष्टाचारलाई न्युनिकरण गर्न कुनै एउटा निकायको प्रयासले मात्र नहुने भएकाले सवैको साझा मुद्दा हुनु पर्नेमा जोड दिईएको छ । शुक्रबार गमगढीमा टान्सपरेन्सि ईन्टर नेशनल नेपालको सहयोग तथा भवानी जनहित विकास केन्द्रको आयोजनामा भएको एक कार्यक्रमका सहभागिहरुले त्यस्तो धारणा राखेका हुन । कार्यक्रममा पुर्व शिक्षा राज्य मन्त्रि हस्त बहादुर मल्लले जिल्लामा हुने भ्रष्टाचारका गतिविधी न्युनिकरण गर्न समपुर्ण राजनितिक दल, सरकारी संयन्त्र, नागरिक समाज सवैले आफैबाट सुदृढिकरण गरि पारदर्शीता र सु शासन कायम गराउनु पर्ने बताए । कार्यक्रममा जिल्ला प्रशासन कार्यलयका निमित्त प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले भ्रष्टाचार न्युनिकरण गर्न जिल्ला प्रशासनको एकल प्रयासले मात्र सम्भव नहुने हुँदा सवैको साझा सवाल बनाएर लाग्नु पर्ने बताए ।
भ्रष्टाचार न्युनिकरण गर्न सबै एक हुन पर्ने धारणा
0 comments
बिचार लेख्नुहोस्..