शर्त मापनको नतिजा तिन दिन भित्र पठाउन वित्तिय आयोगको निर्देशन

सुमन मल्ल- असार २८, जिल्ला विकास समिति मुगुले जिल्लाका सम्पुर्ण गाविसको आर्थिक वर्ष २०६८।०६९ को न्युनतम शर्त मापनको नतिजा नपठाएको पाईएको छ । जिल्ला विकास समिति र गाविसका लागि स्थानीय विकास मन्त्रालय स्थानीय निकाय वित्तिय आयोगले विभिन्न सुचकहरु तोके अनुसार सम्पन्न भएका र नभएका कामको मुल्याकंनको नतिजा प्रत्येक आर्थिक वर्षमा बुझाउनु पर्छ । नतिजाका आधारले गाविस र जिविसमा अनुदान आउने गर्दछ । अहिलेसम्म न्युनतम शर्त मापनको नतिजा नपुगेको र अबको तिन दिन भित्र नतिजा नपठाए सम्पुर्ण गाविस र जिविस न्युनतम शर्त मापनमा असफल भएको सार्वजनिक गरिने वित्तिय आयोग सचिवालयका उप सचिव रघुराम विष्टले बताए । विष्टका अनुसार नतिजा नपठाउने अन्य जिल्लामा सोलुखुम्बु, सप्तरी, धनुष र बझाङ्ग रहेका छन । नतिजा नपठाएका जिल्ला विकास समितिहरुलाई तिन दिन भित्र नतिजा आयोगमा पठाउन निर्देशन दिईसकेको उप सचिव विष्टले जानकारी दिए । अहिले जिल्लाका डोल्फु, पिना र श्रीकोट गाविस न्युनतम शर्त मापनमा अनुर्तिण भएका छन ।

0 comments

बिचार लेख्नुहोस्..