जिल्लामा न्यायधिशको अनुपस्थितले मुद्धाहरुको फैसलामा शुन्य

हुम्ला, साउन ११



जिल्ला अदालत हुम्लामा रहेका ३० थान मुद्धाहरु मध्ये गत आर्थिक एक वर्षमा जिल्लामा न्यायधिश नहुदा कुनैपनि मुद्धाको फैसला नभएको जानकारी आएको छ । नियमितरुपमा जिल्लामा न्यायधिश नहुदा अदालतमा परेका मुद्धाहरुको किनारा नलाग्दा न्यायको लागी अदालत धाउनेहरु मर्कामा परेका छन् । अदालतमा रहेका विभिन्न शिर्षकका मुद्धाहरु मध्ये वितेको एकवर्षमा ६ वटा मुद्धाहरु मेलमिलाप भइ वादी प्रतिवादी विच सहमती भएको अदालतका डिठ्ठा दान वहादुर रावतले वताएका छन् । वाँकी २४ वटा मुद्धाहरु पेशीमा रहेको जनाइएको छ । जिल्ला न्याधिश वाँकेका न्यायधिशक कवि प्रसाद न्यौपानेलाइे हुम्ला जिल्ला हेर्ने गरि व्यवस्था मिलाएर तोकिए पनि हुम्लामा कमै आउने भएकोले मुद्धाहरुको फैसलामा ढिलाइ भएको जनाइएको छ । न्याधिश हुम्लामा कमै मात्र वसेका कारण वितेको आर्थिक वर्षमा कुनैपनि मुद्धा फैसला नभएको देखिएको छ । वर्षको ३ पटकमात्र केही दिनका लागी न्यायधिश जिल्लामा रहेका कारण मुद्धाहरुको किनारा नलागेको जनाइएको छ ।

0 comments

बिचार लेख्नुहोस्..