सुर्तिजन्य पदार्थ सेवन न्युनिकरण सम्बन्धि अन्तरक्रिया सम्पन्न

मुगु न्युज डट कम,
असार १९,

जिल्ला स्वास्थ्य कार्यालय मुगुको आयोजनामा बुधवार सुर्तिजन्य पदार्थ सेवन न्युनिकरण सम्बन्धि एक दिने अन्र्तक्रिया कार्यक्र सम्पन्न भएको छ ।
 सुर्ति जन्य पदार्थ सेवन सम्बन्धि आवश्यक कानुन बनेका भए पनि कार्यान्वयन हुन नसक्दा सुर्ति जन्य पदार्थ सेवन न्युनिकरण हुन नसकेको विषयमा कार्यक्रममा छलफल भएको थियो । नियम अनुसार सुर्ति जन्य पदार्थ सार्वजनिक स्थान सेवन गर्न नपाउने , सुर्ति जन्य पदार्थ उत्पादकले सरकारले तोकेको मापदण्ड अनुसार स्वास्थ्य सम्वन्धि चिन्ह अंकित गर्नु पर्ने लगायतका व्यवस्था गरेको छ ।

नेपाल रेडक्रस सोसाईटीले गरेको सर्वेक्षण अनुसार जिल्लाको पिना गाविसमा ९० प्रतिशत महिलाले सार्वजनिक स्थानमा धुम्रपान सेवन गर्ने गरेको पाईएको छ । गाविस भरिमा ५० जनामा नमुना सर्वेक्षण गर्दा ४० जनाले सार्वजनिक स्थानमा धुमपान सेवन गर्ने गरेको जवाफ दिएका थिए ।

0 comments

बिचार लेख्नुहोस्..