फोतुमा आर्थिक अनियमितता प्रकरण÷ गाविस सहकारीमा रुपान्तरण हुदै
मुगु न्युज डट कम
असार २५,
सोरु भेकको फोतु गाविस गाविस नभएर बचत तथा ऋण सहकारी संस्थाका रुपमा रुपान्तरण हुँदै गएको पाईएको छ ।
कर्णाली सामुदायिक विकास केन्द्र मुगुले सञ्चालन गरेको स्थानीय शासन तथा उत्तरदायी संयन्त्र अन्र्तगत गाविसलाई प्राप्त अनुदान रकमको खर्च , पुनरावलोकन तथा स्थानीय समुदायको संलग्नताका विषयमा गरिएको सार्वजनिक बहस कार्यक्रममा त्यस्तो तथ्य फेला परेको हो । गाविसबाट स्थानीय राजनीतिक दलका प्रतिनीधिले लाखौं रकम सापटी लिएको पाईएको छ ।
अघिल्लो आर्थिक वर्षमा बचेको १ लाख २० हजार रुपैयाँ एमाले नेता धर्म बहादुर शाहीको रोहवरमा फोतु गाविस वडा नम्बर २ निवासी अंग बहादुर बुढालाई सापटी दिएको पाईएको छ । त्यस्तै आर्थिक वर्ष २०६८÷०६९ को कर्णाली रोजगारको रकम रु २ लाख १५ हजार नेपाली काँग्रेसका स्थानीय कार्य कर्ता तथा नेवि संघको पुर्व जिल्ला अध्यक्ष लोकेन्द्र बहादुर शाहीलाई विना शर्त भुक्तानी दिएको पाईएको छ ।
गाविसको वस्तु स्थिती विवरण निर्माण गर्न एक लाख रकम छुट्याईएको भए पनि अहिलेसम्म गाविसको वस्तु स्थिती विवरण बनाइएको छैन । गाविसलाई आवश्यक पर्ने क्यामेरा, फोटोकपि मेशीन खरिद गर्न रकम छुट्याएको भए पनि उपकरण छैन ।
गाविसको रकम विकास निर्माण कार्यमा खर्च नभई अनियमितता भएको पाईए पछि गाविस सचिव कृष्णराज न्यौपानेले १५ बुँदे प्रतिबद्धता जाहेर गरेकाछन । गाविसको विकास निर्माण गमगढीमा नै कागजमा सम्पन्न हुने र गाविसबाट गमगढी आई बसोवास गरिरहेका टाठा बाठाहरुले नै जनताको रकम लिने गरेका छन ।

0 comments
बिचार लेख्नुहोस्..