तिन दिने विद्युतिय सुरक्षा तालिम सम्पन्न
मुगु न्युज डट कम,
जिल्ला ऊर्जा तथा वातावरण शाखा मुगुको आयोजनामा तिन दिन देखि सञ्चालन भएको हाउस वायरिङ्ग तथा विद्युतिय सुरक्षा तालीम सोमवार सम्पन्न भएको छ ।
रुगा गाविसमा निर्माणाधिन अवस्थामा रहेको १९ किलोवाट उत्पादन क्षमता रहेको दर्खे खोला लघु जल विद्युत आयोजनाका लाभान्वीत घर धुरीका ७ जना युवालाई हाउस वायरिङ तथा विद्युतिय सुरक्षा सम्बन्धि तालीम सम्पन्न भएको छ । यो भन्दा अगाडी जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका लघु जल विद्युत आयोजनाका २५ जनालाई पााच दिने तालीम दिईएको थियो । यो तालीमले युवाहरुलाई स्वरोजगारको समेत सिर्जना हुने जिल्ला प्राविधिक कार्यालयका जिवन कुमार मल्लले बताए । असार मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि प्रतिकुल मौसमका कारण ढिलाई हुने भएको छ ।

0 comments
बिचार लेख्नुहोस्..