विद्यालयका खाता सञ्चालनमा दवाव

मुगु न्युज डट कम-
सोरुको जनज्योति उच्च माध्यामिक विद्यालय नार्थपुमा विद्यालयको खाता सञ्चालन गर्ने विषयमा दवाव सृजना हुँदा विवाद भएको छ ।
शिक्षा नियमावली अनुसार विद्यालयको बैंक खाता प्रधानाध्यापक र लेखापालको संयुक्त दस्खत चल्ने गरि खाता सञ्चालन गर्नु पर्ने व्यवस्था भए पनि  प्राथामिक तहका शिक्षक अंग बहादुर शाहीले आप्mनो नाममा पनि खातामा हुनु पर्ने दवाब दिदै आएका छन । नियमावली अनुसार प्रावि देखि उमाविसम्मको खाता संयुक्त हुने व्यवस्था छ । अलग अलग खाता सञ्चालन गर्न चाहेमा विद्यालय व्यवस्थापन समितिको निर्णय अनिवार्य हुने व्यवस्था रहेको र अहिले जिल्लामा प्राय विद्यालयको खाता संयुक्त रहेको जिल्ला शिक्षा अधिकारी मान बहादुर घिमिरेले वताए ।
जन ज्योति उमाविका प्रअ शुभ चन्द्र मिश्र र समिति अध्यक्ष मञ्जन शाहीलाई प्रावि शिक्षक अंग बहादुर शाहीले खाता सञ्चालनमा आफ्नो नाम राख्न दवाव दिएको बताईएको छ । विगतमा यसै गरि शाहीले बैंक खातामा आफनो एकलौटि अधिकार प्रयोग गर्दै आईरहेका थिए । अहिले पनि त्यस्तै गर्न खोजिरहेका जनाईएको छ ।

0 comments

बिचार लेख्नुहोस्..