खाद्य संस्थानको चामल सदरमुकाममा नै बेचियो

श्रावण ७, मुगु
 नेपाल खाद्य संस्थान  शाखा  कार्यालय   मुगुबाट  सोरु भेकका सात गाविसमा जाने एक हजार चार सय क्विन्टल चामल सदरमुकाममा नै बेचिएको छ ।
 गमगढी देखि सोरुकोट वितरण केन्द्र सम्म ढुवानीको ठेक्का पाएको रारा सुर्योदय खाद्यन्न तथा जडिबुटी अर्डर  सप्लायर्सले आर्थिक वर्ष २०६९ । ०७० का लागि स्वीकृत  सोह्र सय क्विन्टल खाद्यन्न मध्य चौध सय २६ क्विन्टल खाद्यन्न संस्थानबाट बुझेर  सम्बन्धित गाविसमा नलिएर सदरमुकाममा नै बेचिएको पाईएको हो ।
अहिलेसम्म ढुवानी ठेकेदार सुर बहादुर बुढाले ढुवानी बापत  ६ लाख ५६ हजार १ सय भुक्तानी लिई सकेका छन । गाउमा खाद्यन्न नगई बजारमा नै बेचिएको भन्दै धैनकोट गाविसका स्थानीयवासीले ठेकेदार बुढालाई समाउदा उनले विगत देखि नै कमिशन भागबण्डा  गर्ने गरिएको र अहिले आफु नयाँ भएकाले समस्या परेको समाचार स्रोतले बताएको छ । स्रोतले उपलब्ध गराएको अडियो रेर्कडमा ठेकेदार बुढाले विरोध गर्ने स्थानीयवासीलाई कुल  ढुवानी  रकमको एक तिहाई लिएर हल्ला नगर्न आग्रह समेत गरेका छन । उनले भनेका छन मैले कार्यालय , कागज पत्र मिलाउनेर अन्य दुख गर्ने साथीहरुलाई पनि दिनु पर्छ तपाईहरु पनि त्यहि हिसावले रकम लिएर जानुस ।
वर्षेनी सोरु भेकको खाद्यन्न यसरी सदरमुकाम गमगढीमा नै बेचिने र सरोकारवाला निकाय मौन रहनुले स्थानीय तह देखि जिल्ला तहसम्म सञ्जाल विस्तार भएको अनुमान गर्ने हरुको संख्या पनि उतिकै छ । सबै भन्दा यो सञ्जालमा राजनितिक दलका नेता कार्यकर्ता रहेको देखिन्छ ।
 नेपाल सरकारले वार्षिक रुपमा  अनुदानमा खाद्यन्न पठाउने गरे पनि भेक क्षेत्रका जनताहरुले खाद्यन्न पाउन सकेका छैनन । गाउँमा जनताले खाद्यन्न नपाए पनि  गाविस  सचिवहरुले खाद्यन्न वितरण गरिएको मुचुल्कामा हस्ताक्षर गर्ने  गरेका छन भने एकिकृत माओवादी, काँग्रेस, एमाले लगायतका दलका नेताहरुले समेत फर्जि मुचुल्कामा हस्ताक्षर गर्ने गरेको पाईएको छ ।
 गाविसबाट राजनितिक दल , प्रहरी  चौकिबाट  जनतालाई खाद्यन्न वितरण गरिएको मुचुल्का  आए पछि आफुहरुले पनि हस्ताक्षर गर्ने गरेको भिई गाविसका सचिब शंकर पाण्डेले वताए ।  गाविसको सिफरिस र संस्थानको बैंक खातामा  रकम जम्मा गरेको भौचर  पेश गरेपछि खाद्यन्न दिईने र  चामल वितरण गरिएको मुचुल्का  आएपछि मात्र  ठेकेदारलाई ढुवानी रकम भुक्तानी दिने गरेको नेपाल  खाद्य संस्थान  शाखा कार्यालय  मुगुका  शाखा  प्रमुख   भोजराज  पाण्डेले  बताए । उनले भनेपछिल्लो समयमा सोरु भेकका  रारा, कालै, धैनकोट, भिई, नार्थपु, फोतु र जिमा गाविसको खाद्यन्न  गाउँ नपुगेर  सदरमुकाममा नै बेचिएको पाईए पछि  ढुवानी रकम रोकिएको छ । ढुवानी रकम रोके पछि राजनीतिक दलका नेताहरुबाट दवाव आउनुका साथै  धम्कि समेत  आउने गरेको छ ।
 सोरुकोट वितरण केन्द्रका  लागि १६ सय क्विन्टल खाद्यन्नको गमगढीसम्म ढुवानी प्रति क्विन्टल ६८ लाख ८० हजार , गमगढी देखि सोरुकोट सम्मका लागि प्रति क्विन्टल १३ सय पचास  गरेर  २१ लाख ६० हजार पर्न आउछ ।
पछिल्लो समयमा नेपाल खाद्य संस्थानको केन्द्रिय कार्यालयले आर्थिक वर्ष २०७०। ०७१ का लागि आव्हान गरेको खाद्यन्न ढुवानीको वोल पत्र समेत स्थगित गरेको छ । जिल्लामा आएको खाद्यन्न चरम दुरुपयोग  हुन थाले पछि  अब खाद्यन्न वितरण प्रणाली र ढुवानी प्रक्रियाका विषयमा विकल्प खोजिनु पर्ने अवस्था आएको नेपाल खाद्य संस्थान मुगु शाखाले जनाएको छ ।

0 comments

बिचार लेख्नुहोस्..