चौलागाईको उपचार सहयोगका लागि झण्डै दुई लाख संकलन

मुगु न्युज डट कम श्रावण १३ दुवै मृगौलाले काम गर्न छोडे पछि शिक्षण अस्पताल काडमाण्डौमा उपचार गराई रहेका सरकारी वकिल कार्यालय मुगुका खरिदार मदन राज चौलागाईको उपचारका लागि झण्डै दुई लाख सहयोग संकलन भएको छ । जुम्ला जिल्ला देपाल गाउँ गाविस वडा नम्बर १ स्थायी घर भई जिल्ला सरकारी वकिल कार्यालय मुगुमा खरिदार पदमा कार्यारत चौलागाईको एउटा मृगौंला नभएको र भएको मृगौंलाले समेत काम गर्न छोडेकाले उनलाईउपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौमा उपचार भईरहेको छ । अहिले हप्तामा तिन पटक डाईग्नोसिस गर्नु पर्ने र एक पटकमा ६० हजार खर्च लाग्ने गरेको उनका आफन्तले जनाएका छन । जुम्ली सेवा समाज मुगुको अगुवाईमा सदरमुकाम गमगढीमा सरकारी तथा गैर सरकारी कार्यालय, उद्योगि व्यापारी, नागरिक समाज सवैबाट गरेर १ लाख ७३ हजार ५ सय रुपैयाँ सहयोग संकलन भएको छ । सोमबार पनि केहि कार्यालय , संघ स्ंस्थासंग सहयोग संकलन गरि मंगलबार चौलागाईको खातामा रकम पठाईने समाजले जनाएको छ ।

0 comments

बिचार लेख्नुहोस्..