परिक्षाफल प्रकाशित भएको महिना दिन कटे पनि मार्कसिट आएन

मुगु न्युज डट कम-

साउन २ मुगु,
 २०६९ ।०७० मा सञ्चालन भएको प्रवेशिका परिक्षाको परिक्षाफल प्रकाशित भएको एक महिना विते पनि लब्धाकंपत्रआउन सकेको छैन ।
 एस एल सी परिक्षाको परिक्षाफल गएको जेष्ठ  अन्तिम साता प्रकाशित भए पनि जिल्लामा लब्धांक पत्र नपुग्दा परिक्षामा उत्तिर्ण भएका विद्यार्थीलाई उच्च शिक्षाका लागि भर्नाहुन समस्या भएको छ ।
समयमा नै लबधांक पत्र  जुम्ला पुगे पनि ल्याउने मान्छे नहुँदा  जिल्ला शिक्षा कार्यालय जुम्लामा रोकिएको र  बिहिवार सम्म लब्धांक पत्र आई पुग्ने जिल्ला शिक्षा कार्यालय मुगुका   शाखा अधिकृत  सुर्य बहादुर खत्रिले जानकारी दिए ।
 जिल्ला भरिमा २०७० को प्रवेशिका  प िरक्षामा एक हजार एक सय एकहत्तर परिक्षार्थी सहभागि भएकामा २ सय ५६ जना मात्र उत्तिर्ण भएका थिए । प्रतिशतका आधारमा उत्तिर्ण हुने परिक्षार्थीको संख्या ३३  प्रतिशत  हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष एसएलसीमा उतिर्णहुने परिक्षार्थीको संख्या ४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष एसएलसीमा उत्तिर्ण विद्यार्थीको प्रतिशत ३७ रहेको थियो ।

0 comments

बिचार लेख्नुहोस्..