वितेको वर्षमा संस्थानले १० हजार खाद्यन्न विक्रि वितरण
रमेश ऐडी
हुम्ला साउन ११
वितेको ०६९सालमा हुम्लाजिल्लाका लागी नेपाल खाद्य संस्थानले १० हजार ४ सय क्वीन्टल चामल विक्रि वितरण गरेको छ । हवाइ तथा स्थलमार्ग वाट ढुवानी गरि सस्थानले वितरण गरेको हो ।संस्थानको शाखा कार्यलयमा सवैभन्दा वढी ९ हजार ४ सय ४० चामल विक्रि वितरण गरेकोे छ भने सर्केगाढ डिपोवाट ७ सय २५ क्वीन्ट १० किलो चामल र श्रीनगर डिपोवाट २ सय ३५ विक्रि वितरण गरेको नेपाल खाद्यसंस्थान शाखा कार्यलय हुम्लाले जनाएको छ ।
माग अनुसार पुर्ति गर्न नसकिएको भन्दै कार्यलय प्रमुख प्रेम नारायण ठाकुरले संस्थानले वार्षिक कोटा सरकारले हुम्ला जिल्लाका लागी कम छुटयाएको वताउनु भएको छ । नेपालगंज र सुर्खेतदेखि हवाइ मार्गवाट प्रति क्वीन्टल ८ हजार २ सय ८५ रुपीयामा ढुवानी गरेको र स्थलमार्गवाट धनगढी देखि ३ हजार २ सय गमगढीदेखि सर्केगाढसम्म ३ हजार काठमाडौंदेखि सिमकोटसम्म ६ हजारमा ढुवानी गरेको जनाइएको छ । गत एक वर्षसम्म संस्थानले निजि हवाइ सेवा कम्पनी र ठेकेदार मार्फत ढुवानी गरेको कार्यलय प्रमुख ठाकुरले वताउनु भएको छ ।
0 comments
बिचार लेख्नुहोस्..